
इटहरी । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ११ पुरुष र ५ महिला रहेका छन् ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेबाट आगलागी भएको थियो ।
आगलागी भएको तलाभन्दा माथिल्लो तलामा केही व्यक्ति फसेपछि उद्धार गरिएको थियो ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासी खटिएका छन् ।
सशस्त्र प्रहरीको १०५ जनाको टोली, नेपाली सेना र नेपाल प्रहरीका उद्धारकर्तासहित ६ वटा दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ ।
प्लाजाभित्र अझै ३ जना फसेको आशंका गरिएको छ । उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन गरिएको छ ।
प्रतिक्रिया