
विराटनगर । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा केही मानिस फसेका छन् ।
सात तलाको उक्त भवनको पाँचौं तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिल्लो तलामा केही व्यक्ति फसेका र उनीहरुको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
माथिल्लो तलामा कति जना फसेका छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका-६ मुख्य चोकमा रहेको प्लाजाको पाँचौं तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया