
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा पार्टीमा सहमति नभएको दाबी गरेका छन् ।
सोमबार कांग्रसबाट सरकारमा ऊर्जा मन्त्री रहेका दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेसँगै शर्माले घिसिङलाई हटाउन कांग्रेस पदाधिकारी तहमा सहमति नभएको दाबी गरेका हुन् ।
घिसिङलाई हटाउने निर्णयमा मन्त्री खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी परराष्ट्र मन्त्री आरजु देउवा राणाले साथ दिएकी थिइन् ।
तर, कांग्रेस महामन्त्री शर्माले भने घिसिङलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘ कार्वाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रष्ट रूपमा विमति छ,’ उनले भनेका छन्।
यसो भन्छन् कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रष्ट रूपमा विमति छ ।
प्रतिक्रिया