
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् ।
कम्पनीमा कैलाश सिरोहियाको कान्तिपुर पब्लिकेशनदेखि शिखर इन्स्योरेन्स कम्पनीसम्मको स्वामित्व रहेको छ । गत आवको असार मसान्तसम्म ५.२० प्रतिशत रहेको छ ।
यस्तै सुमित कुमार अग्रवालको ५.२० प्रतिशत रहेको छ । प्रदिपजंग पाण्डेको ३.६७ प्रतिशत, विकास राणाको ३.६० प्रतिशत, सुष्मा राणाको ३.६० प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।
यस्तै यति वर्ल्ड इन्भेष्टमेन्टको ३.६० प्रतिशत, एयर डाइनेस्टी हेली सर्भिसको २.१४ प्रतिशत, ज्योती प्रकाश पाण्डेको १.६० प्रतिशत, ललिता अग्रवालको १.६० प्रतिशत, उर्मिला पाण्डेको १.६० प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठको १.४० प्रतिशत सेयर स्वामित्व छ ।
इन्स्योरेन्समा राम अग्रवालको १.३२ प्रतिशत, गुडविल फाइनान्सको १.२० प्रतिशत, प्रिमियर वायर्स प्रालिको १.२० प्रतिशत सेयर स्वामित्व छ ।
कम्पनीमा अन्जु लक्ष्मी धितालको ०.९६ प्रतिशत, क्याबिनेट श्रेष्ठको ०.९६ प्रतिशत सुजन बैद्य श्रेष्ठको ०.९६ प्रतिशत, सन्दिप पार्खिन लामाको ०.९० प्रतिशत, शौगात पार्खिन लामाको ०.९० प्रतिशत, पृथ्वीबहादुर पाँडेको ०.८६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८६ प्रतिशत र हिमालयन इन्फ्रास्टक्चर फण्ड प्रालिको ०.८० प्रतिशत स्वामित्व रहेको छ ।
प्रतिक्रिया