सेयरधनीको हात खाली राखेर सभा बोलाएको राष्ट्रिय जीवन बिमा कम्पनीका अन्य के छन् प्रस्ताव ?

238
Shares

काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनी तत्कालिन राष्ट्रिय बिमा संस्थानले बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सभा बोलाएको भएपनि सेयरधनीको हात खाली भएको छ । सभा बोलाएको कम्पनीले लाभांश दिने प्रस्ताव भने छैन ।

वैशाख ३ गतेका लागि बोलाएको सभामा सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजना प्रस्तुुत गर्ने प्रस्ताव छ ।
यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

सभामा आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१, २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने प्रस्ताव छ । सभामा आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।