कोमात्सुको नयाँ एक्स्काभेटर सार्वजनिक

392
Shares

विराटनगर । पीसी २०५–१० एमजिरो मोडलको कोमात्सु कम्पनीको एक्स्काभेटर सार्वजनिक गरेको भएको छ ।

निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्ट अन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर कोशी प्रदेशमा औपचारीक रुपमा सार्वजनिक भएको हो ।

नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिले अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणाली सहितको पीसी २०५–१० एमजिरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नयाँ मोडलको एक्स्काभेटर इन्धन खपतमा किफायती र उच्चतम् कार्यक्षमताको भएको कम्पनीको दावी छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टकाअनुसार कोमात्सु पीसी २०५–१० एमजिरो बलियो, इन्धन कम खपत गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो हाइड्रोलिक उत्खनन्कर्ता एक्स्काभेटर हो । जुन मेसिन नेपालको निर्माण क्षेत्रको आवश्यकता पुरा गर्नेगरी नयाँ डिजाइन गरिएको उनले बताए । यो मेसिनको सुरुको लागत र त्यसपछिको सञ्चालन खर्च पनि किफायती रहेको दावी उनको छ ।

नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने कम्पनीको दावी छ । कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो ।

यो कम्पनीले भारत सहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको छ । जसले गर्दा लामो दुरीको ढुवानी खर्च कमभई मेसिनको डेलिभरी समेत छिटो हुने गरेको कम्पनीले जनाएको छ ।
मुख्य इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरी नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तर समान हुने कम्पनीको भनाइ छ ।

सार्वजनिक गरिएको नयाँ उपकरण पीसी २०५–१० एमजिरो मोडलको एक्स्काभेटर नेपाली सडकको औसत क्षमताअनुसार २१ टनको हो । यो उपकरण हेभी ड्यूटीका जुनसुकै काममा प्रयोग गर्न सकिने आधिकारिक बिक्रेता राउत कन्ट्रक्सन सर्भिसेज प्रालिका प्रमुख राजेन्द्र राउतले जानकारी दिए ।

पूर्वाधार तथा निर्माण क्षेत्रमा कार्यरत विभिन्न व्यवसायीहरूको पनि बाक्लो सहभागिता सार्वजनीक गरिएको यो हेभी इक्विप्मेन्टतर्फ कोशी तथा मधेस प्रदेशमा ख्याति जमाएको विराटनगर स्थित राउत कन्ट्रक्सन सर्भिसेज प्रालि विगत २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणहरूको बिक्री तथा सर्भिसिङ सेवा दिंदै आएको कम्पनी हो ।