भक्तपुरमा पिकनिक स्पटको पार्किङमा एक जना मृत भेटिए

420
Shares

काठमाडौं । भक्तपुरमा एक जना मृत भेटिएका छन् । आइतबार बिहान करिब ६ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।

खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएको प्रहरीले जनाएको छ ।

कवाडी सामान टिप्ने काम गर्ने उनी मृत भेटिएपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

राईको टाउकोमा चोट देखिएको छ । उनीमाथि ढुंगा प्रहार भएको जस्तो देखिएको र घटनास्थल नजिक रगत लागेको ढुंगासमेत फेला परेको प्रहरीले जनाएको छ ।