पोखरेलको नेतृत्वमा प्राधिकरण कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन

217
Shares

काठमाडौं । प्रेमहरी पोखरेलको अध्यक्षमा नेपाल बिमा प्राधिकरण कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न विशेष अधिवेशनले पोखरेलसँगै ११ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा अनुराग पाण्डे, महिला उपाध्यक्षमा शोमिला शर्मा, महासचिवमा शिबप्रसाद खनाल, सचिवमा श्यामकुमार नगरकोटी र कोषाध्यक्षमा खेमराज भण्डारी चयन भए । यसैगरी कार्यसमिति सदस्यमहरुमा अनिश तिमल्सिना, विशाल त्रिताल, करुणा थापा, मेलिना खरेल र सानुकाजी कुँवर निर्वाचित भएका छन् ।