
आज मिति विक्रम संवत २०८१ साल चैत ६ गते बुधबार । अङ्ग्रेजी क्यालेन्डर अनुसार इस्वि संवत् सन २०२५ मार्च १९ तारिख । शक संवत् १९४६ नेपाल संवत् ११४५ चौलाथ्व । कालयुक्त नाम संवतसर । सूर्य उत्तरायण । बसन्त ॠतु । पञ्चमी तिथि राती ०९:२४ बजेसम्म, त्यसपछि षष्ठी तिथि लाग्ने छ । विशाखा नक्षत्र साँझ ६:०८ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र । हर्षण योग दिउँसो ०३:२२ बजेसम्म, त्यसपछि वज्र । कौलव करण बिहान ०८:२८ बजेसम्म, त्यसपछि तैतिल राति ९:२४ बजेसम्म, त्यसपछि गर । चन्द्रमा आज तुला राशिमा । आनन्दादि योगमा आज धाता रहेको छ । सुर्योदय बिहान ६:१२ मा हुनेछ भने सुर्यास्त साँझ ६:१३ मा हुनेछ ।
अब आजको राशिफलः
मेष राशि
मेष राशिका लागि आजको दिन तपाईंको लागि सेयर बजार, सार्वजनिक यातायात, र खगोलशास्त्र क्षेत्रमा लगानी गर्न उपयुक्त छ । कृषि, प्राकृतिक स्रोत, र पानी आपूर्ति क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ । ऊर्जा, मेसिनरी, र धातु क्षेत्रका सेयरमा लगानी गर्दा राम्रो नाफा प्राप्त गर्न सकिन्छ । यद्यपि अचल सम्पत्ति, होटल, र मनोरञ्जन क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ । समग्रमा, आजको दिन नाफा मुखी रहने सम्भावना छ, विशेष गरी ऊर्जा, धातु, र कृषि क्षेत्रका सेयरमा लगानी गर्दा नाफा हुनेछ । सन्तानको स्वास्थ्य सामान्य रहनेछ, केही खर्च पनि हुनसक्छ । स्वास्थ्यमा टाउको र पेट सम्बन्धी समस्यामा ध्यान दिनुपर्ने समय छ । यदि समस्या देखापरे भने, विष्णुको स्मरण गर्दै “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: पश्चिम रहेको छ भने अशुभ दिशा: उत्तर-पूर्व रहेको छ । शुभ रङ: नीलो र सुन्तला रहेको छ भने अशुभ रङ: सेतो र कालो रहेको छ । शुभ अंक: ३ रहेको छ भने अशुभ अंक: ७ रहेको छ ।
वृष
यो राशिका लागि आजको दिन धातु, ऊर्जा, र मेसिनरी क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ । कृषि, प्राकृतिक स्रोत, र पानी आपूर्ति क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ । यद्यपि मनोरञ्जन, होटल, र अचल सम्पत्ति क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ । समग्रमा, आजको दिन नाफामुखी रहने सम्भावना छ । विशेष गरी ऊर्जा, धातु, र कृषि क्षेत्रका सेयरमा लगानी गर्दा राम्रो हुनेछ । स्वास्थ्यमा पेट, गर्दन, र स्नायू प्रणालीमा समस्यामा ध्यान दिनुपर्नेछ । यदि समस्या देखापरे भने, शिवको स्मरण गर्दै “ॐ नमः शिवाय” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: दक्षिण रहेको छ भने अशुभ दिशा: उत्तर-पूर्व रहेको छ । शुभ रङ: नीलो र सुन्तला रहेको छ भने अशुभ रङ: सेतो र कालो रहेको छ । शुभ अंक: १ रहेको छ भने अशुभ अंक: ५ रहेको छ ।
मिथुन
मिथुन राशिका लागि आजको दिन सूचना प्रविधि, लेखन, र शिक्षा क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ । कृषि, र सार्वजनिक यातायात क्षेत्रका सेयरमा राम्रो नतिजा मिल्ने सम्भावना छ । यद्यपि अचल सम्पत्ति, मनोरञ्जन, र होटल क्षेत्रका सेयरमा जोखिम बढी हुनेछ । समग्रमा, आजको दिन नाफामुखी रहने सम्भावना देखिएपनि कार्यलयमा आफुभन्दा तल्लो तहका कर्मचारीसँग भने मनमुटाव हुनेछ । नयाँ सम्झौता हुने योग रहेको छ । स्वास्थ्यमा पेट, स्वास सम्बन्धी समस्या, र तन्तु प्रणालीमा समस्या हुनसक्छ । यदि समस्या देखापरे भने, सरस्वतीको स्मरण गर्दै “ॐ श्रीं सरस्वत्यै नमः” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: पश्चिम रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: पहेँलो र हरियो रहेको छ भने अशुभ रङ: सेतो र कालो रहेको छ । शुभ अंक: ५ रहेको छ भने अशुभ अंक: २ रहेको छ ।
कर्कट
यो राशिका लागि आजको दिन स्वास्थ्य सेवा, र वित्तीय क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ । शिक्षा र सार्वजनिक यातायात क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ । यद्यपि होटल, मनोरञ्जन, र अचल सम्पत्ति क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ । समग्रमा, आजको दिन नाफामुखी रहने सम्भावना छ । विशेषगरी स्वास्थ्य सेवा, वित्तीय क्षेत्र, र सम्पत्ति क्षेत्रका सेयरमा लगानी गर्दा फाइदा हुने देखिन्छ । स्वास्थ्यमा गर्दन, स्वास सम्बन्धी समस्या, र हृदयमा असर पर्ने सम्भावना छ । यदि समस्या देखापरे भने, शिवको स्मरण गर्दै “ॐ नमः शिवाय” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: उत्तर-पूर्व रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: सेतो र चाँदीको रङ रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: ६ रहेको छ भने अशुभ अंक: ८ रहेको छ ।
सिंह
सिंह राशिका लागि आजको दिन मनोरञ्जन, सामाजिक सेवा, र विक्री प्रबर्धन क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ । धातु, स्वास्थ्य सेवा, र लेखन क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ । यद्यपि प्राकृतिक स्रोत, कृषि, र उद्योग क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ । समग्रमा, आजको दिन नाफामुखी रहने सम्भावना छ । विशेष गरी मनोरञ्जन, सामाजिक सेवा, र विक्री प्रबर्धन क्षेत्रमा लगानी गर्दा फाइदा देखिन्छ । जीवनसाथी वा प्रेमी प्रेमिका बिच”यौन विषयमा असहमतिका कारण झगडा हुनसक्ने देखिन्छ । स्वास्थ्यमा पेट, आँखा, र स्नायू समस्यामा ध्यान दिनुपर्छ । यदि समस्या देखापरे भने, गणेशको स्मरण गर्दै “ॐ गं गणपतये नमः” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: पश्चिम रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: सुन्तला रहेको छ भने अशुभ रङ: सेतो र कालो रहेको छ । शुभ अंक: ५ रहेको छ भने अशुभ अंक: ८ रहेको छ ।
कन्या
यो राशिका लागि आजको दिन अनलाइन व्यापार, सुरक्षा प्रविधि, र इको-फ्रेंडली प्रविधि क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ । फिनटेक, नवीनतम प्रविधि, र उर्जा क्षेत्रमा पनि लगानी गर्दा राम्रो नतिजा मिल्ने सम्भावना छ । यद्यपि अचल सम्पत्ति, मुद्रा बजार र विक्रि प्रबर्धन क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ । मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । केहिकारणले चिन्ता बढाउन सक्छ । स्क्रीन टाइमको अत्यधिक प्रयोगले आँखा र शरीरको थकान हुनसक्छ । यदि समस्या देखा परे भने, आदित्यको स्मरण गर्दै “ॐ आदित्याय नमः” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: उत्तर-पूर्व रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: हल्का हरियो र सुन्तला रहेको छ भने अशुभ रङ: काला र खैरो रहेको छ । शुभ अंक: ५ रहेको छ भने अशुभ अंक: ७ रहेको छ ।
तुला
तुला राशिका लागि आजको दिन सामाजिक कार्य, कला र सिर्जना, र मानव अधिकारका क्षेत्रमा लगानी गर्नु उपयुक्त देखिन्छ । वित्तीय समृद्धिका लागि दृष्य कला, मनोरञ्जन, र मनोविज्ञान क्षेत्रका सेयर राम्रो विकल्प हुन सक्छ । यद्यपि व्यापार र विक्रि प्रबर्धनका सेयरमा केही जोखिम देखिन्छ । केही यौन रोगका संकेतहरु देखा पर्न सक्छ्न । प्रेमी वा प्रेमिकाले तपाईंलाई आज बिस्वास गर्ने छैन्न । जीवनसाथीको फजुल खर्चलेपनि तपाईंलाई समस्यामा पार्ने छ । आज तपाईंको दिनलाई शुभ बनाउन चाहनु हुन्छ भने, शिवको स्मरण गर्दै “ॐ नमः शिवाय” मन्त्र जप्नु लाभकारी हुनेछ । शुभ दिशा: उत्तर-दक्षिण रहेको छ भने अशुभ दिशा: पूर्व-पश्चिम रहेको छ । शुभ रङ: गुलाबी र सुन्तला रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: ३ रहेको छ भने अशुभ अंक: ८ रहेको छ ।
बृश्चिक
तपाईंलाई आजको दिन घर-जग्गा, बैंकिङ, र बिमा क्षेत्रका लगानीमा राम्रो लाभको सम्भावना देखिन्छ । प्रविधि, स्वास्थ्य सेवा, र शैक्षिक संस्थाका सेयरपनि लाभकारी हुने देखिन्छ । यद्यपि मुद्रा बजारका सेयरमा केही जोखिमको सामना गर्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा पाचन समस्या र ग्यास्टिक जस्ता समस्याहरू देखा पर्न सक्छन् । खानेकुरामा सन्तुलन राख्नु र पानी पर्याप्त सेवन गर्नु महत्त्वपूर्ण हुनेछ । यसका साथै, हल्का व्यायाम र सुत्नको समयमा विश्राम पनि स्वास्थ्यमा मद्दत पुर्याउनेछ । यदि तपाईंलाई स्वास्थ्यसँग सम्बन्धित समस्या उत्पन्न भए भने, कालभैरवको स्मरण गर्दै “ॐ कालभैरवाय नमः” मन्त्र जप्नु प्रभावकारी हुनेछ । शुभ दिशा: उत्तर-पूर्व रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: रातो र सुन्तला रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: २ रहेको छ भने अशुभ अंक: ७ रहेको छ ।
धनु
धनु राशिका लागि आजको दिन शेयर बजार, प्रविधि, र बैंकिङ क्षेत्रमा लगानीमा राम्रो लाभको सम्भावना देखिन्छ । शिक्षा, स्वास्थ्य सेवा, र प्राकृतिक स्रोतहरूमापनि लगानीगर्ने समय उपयुक्त छ । यद्यपि मुद्रा बजार र आन्तरिक व्यापार क्षेत्रमा जोखिम हुनसक्छ । स्वास्थ्यमा ज्वरो र सर्दी-खोकीका लक्षण देखिनसक्छ । र, शरीरलाई सन्तुलनमा राख्न पानी पर्याप्त पिउने र सन्तुलित आहार अपनाउने कुरा ध्यानदिनु महत्त्वपूर्ण हुनेछ । यदि स्वास्थ्यमा समस्या आए भने, विष्णुको स्मरण गर्दै “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप्नु प्रभावकारी हुनेछ । शुभ दिशा: उत्तर-पूर्व रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: पहेँलो र सुन्तला रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: ३ रहेको छ भने अशुभ अंक: ८ रहेको छ ।
मकर
मकर राशिका लागि आजको दिन घर-जग्गा, बैंकिङ, र स्वास्थ्य सेवा क्षेत्रमा लगानीमा राम्रो सम्भावना देखिन्छ । विपणन, प्रविधि, र शिक्षा क्षेत्रमा पनि लगानी फाइदाजनक देखिन्छ । यद्यपि मुद्रा बजार र कृषि क्षेत्रमा जोखिम हुनसक्छ । स्वास्थ्यमा घाँटी र थुकका समस्या देखिनसक्छ । यदि स्वास्थ्यमा समस्या आए भने, शिवको स्मरण गर्दै “ॐ नमः शिवाय” मन्त्र जप्नु प्रभावकारी हुनेछ । शुभ दिशा: उत्तर रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: हरियो र क्रीम रंग रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: ४ रहेको छ भने अशुभ अंक: ७ रहेको छ ।
कुम्भ
कुम्भ राशिका लागि आजको दिन स्पा मसाज, सौन्दर्य सेवा, र बैंकिङ क्षेत्रमा लगानी गर्नु लाभदायक देखिन्छ । प्रविधि र शिक्षा क्षेत्रमा पनि लगानीको राम्रो अवसर छ । यद्यपि कृषि र नवीकरणीय ऊर्जा क्षेत्रहरूमा जोखिम बढ्नसक्छ । स्वास्थ्यमा पछिल्लो समयमा थकान र सिरको दुखाइ देखिनसक्छ । यसका लागि आराम र प्राकृतिक उपचार जस्तै मसाज र ताजगीका लागि ताजा फलहरू खानु राम्रो हुनेछ । यदि स्वास्थ्यसँग सम्बन्धित समस्या आएको खण्डमा, महादेवको स्मरण गर्दै “ॐ नमः शिवाय” मन्त्र जप्नु प्रभावकारी हुनेछ । शुभ दिशा: उत्तर-पूर्व रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: नीला र सुन्तला रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: ३ रहेको छ भने अशुभ अंक: ५ रहेको छ ।
मीन
मीन राशिका लागि आजको दिन बैदेशिक रोजगार, कार्गो, कुरियर र कागज कारखाना जस्ता क्षेत्रमा लगानी गर्दा राम्रो फाइदा मिल्ने संभावना छ । प्रविधि, स्वास्थ्य सेवा, र बैंकिङ क्षेत्रमा पनि लगानी फाइदाजनक हुने देखिन्छ । यद्यपि शेयर बजार र नवीकरणीय ऊर्जा क्षेत्रमा जोखिम रहेको छ । पर्यटन सेवामा भने तपाईं विबादमा पर्नुहुनेछ । स्वास्थ्यमा हार्ड जोर्नी, दात, र मुख सम्बन्धी समस्या देखा पर्नसक्छ । यदि स्वास्थ्यमा समस्या आएको खण्डमा, विष्णुको स्मरण गर्दै “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप्नु प्रभावकारी हुनेछ । शुभ दिशा: उत्तर-पूर्व रहेको छ भने अशुभ दिशा: दक्षिण-पश्चिम रहेको छ । शुभ रङ: गुलाबी र हरियो रहेको छ भने अशुभ रङ: कालो र खैरो रहेको छ । शुभ अंक: २ रहेको छ भने अशुभ अंक: ७ रहेको छ ।
जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस्, र तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । भोलिको राशिफलमा पुनः भेट हुनेछ, तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोस् ! क्लिकमान्डु डटकम हेर्दै गर्नुहोला । लाइक, कमेट, सेयर र सस्क्राइब गर्नुहोला । तपाईंहरुको सुझाब र प्रतिक्रियाले हामिलाई अगाडि बढ्न मद्दत गर्नेछ । शुभदिन । नमस्कार ।
प्रतिक्रिया