
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।
आईपीओमा माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको छ । १९ लाख ५५ हजार ६८५ जना आवेकदलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
क्रेष्ट माइक्रोले फागुन २२ देखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
आईपीओ नतिजा क्रेष्ट माइक्रो लाइफको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट, सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।
प्रतिक्रिया