
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउनेलाई पक्राउ गर्नु अनुचित भएको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा कार्यकर्ताले प्रचण्डको फोटो जलाएका थिए । उक्त घटनाको नेतृत्व गरेका राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौंडा लगेको छ ।
यसैबीच प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै भनेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउनेजस्तो गतिविधिका लागि कसैलाई पक्राउ गर्नु उपयुक्त होइन।’
प्रतिक्रिया