
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय व्यापार (इ–कमर्स) को विद्येयक प्रमाणिकरण गरेका छन् ।
राष्ट्रपति पौडेलबाट आइतबार उक्त विद्येयक प्रमाणिकरण भएको हो । राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेपछि अब यो विद्येयक विद्युतीय व्यापार (इ–कमर्स) ऐन २०८१ को रुपमा कार्यान्वयनमा आउनेछ ।
पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर आएको विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण भएका विधेयकमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक, इकमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्टरनेटको सहयोगमा विभिन्न प्रकारका सामाजिक सञ्जालको प्लेटफर्म प्रयोग गरी भ्रामक बिज्ञापन गरी आफुखुशी हुँदै आएको ई कमर्श व्यापारलाई नियमनको दायरामा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो ऐनको विद्येयक तयार पारेको पारेको थियो ।
प्रतिक्रिया