
काठमाडौं । टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक महत्त्वपूर्ण डिलर मिट सफलतापूर्वक आयोजना गरेको थियो । यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।
कार्यक्रममा टीसीएल नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुती दिएका थिए। पश्चिम नेपालका डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागीता जनाएका थिए ।
प्रदर्शनीमा प्रदर्शित उत्पादनहरू टेलिभिजन रेसिडेन्टल एयर कन्डिसनर, वासिङ मेसिन, रेफ्रिजेरेटर, क्यासेट एसी , साउन्डबार, वाटर डिस्पेन्सर यसैसँग, क्यूएलईडी टिभीहरूको ४के रिजोल्युशन, इन्भर्टर एयर कन्डिसनरको उर्जा-सक्षम प्रविधि र अन्य उत्पादनहरूको उच्च गुणस्तरीय विशेषताहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो । ग्राहक सन्तुष्टि र टिकाउ प्रविधिमा आधारित सेवाहरू पनि कार्यक्रमको केन्द्रबिन्दु बनेका थिए ।
टीसीएल नेपालका व्यापार इकाई प्रमुख धर्मेन्द्र जोशीले भने, ‘यो मिटले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने ऐतिहासिक पहल हो। हामीले यहाँका साझेदारहरूको विश्वास र समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छौं।’
कार्यक्रमको समापनमा डिलरहरूको सहयोगलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा विभिन्न श्रेणीमा उत्कृष्टता हासिल गर्ने डिलरहरूलाई पुरस्कृत गरिएको थियो ।
टीसीएल नेपालले डिलरहरूलाई प्राविधिक प्रशिक्षण, विपणन सहयोग, र गुणस्तरीय सेवा प्रवाह जारी राख्ने बताएको छ ।
प्रतिक्रिया