बेको एसीको निःशुल्क सेवा शिविर २०२५

0
Shares

काठमाडौं । सीजी चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ ।

यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसी को जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन् ।

सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिनेछ, जसअन्तर्गत ५०% सम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ बेको को एसीसँग साट्न सक्नेछन् । त्यसैगरी नयाँ एसी खरिदमा विशेष २०% सम्मको छुट र एसी को स्पेयर पार्ट्स आवश्यक परेमा, ५०% सम्मको छुट को व्यवस्था गरिएको छ ।

यस विशेष सेवाको अर्को आकर्षक पक्ष एसी एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो। ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा ३,००० मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले १६६-००-१०२-२११ वा ०१-५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । साथै, सीजीXElex को आधिकारिक वेबसाइटमार्फत पनि स्व-मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

Skip This