
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले अहिले सरकारविरुद्ध र पूर्वराजाविरुद्ध एकैपटक लड्नु पर्ने अवस्था आएको बताए ।
नेपालमा राजतन्त्रको पक्षमा चलखेल यसअघि पनि हुने गरेपनि पछिल्लो ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैलीनै मूल कारण भएको बुझ्न गाह्रो नभएको बताए ।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेको पछिल्लो ८ महिनामा नागरिकमा चरम निराशा छाएको बताए ।
सरकारले विश्वसनीयता गुमाएसँगै वर्षौंसम्म राजतन्त्र पुनर्स्थापना गर्न डराएकाहरु सडकमै आएको उनको भनाइ छ ।
उनले आफू सरकारमा भएको बेलामा त्यतिधेरै असन्तोष नभए पनि अहिले बढेको बताए ।
‘८ महिना अघिसम्म त्यति धेरै असन्तोष थिएन । मिटर व्याज पीडित, गुठी पीडित सहकारी पीडितमा असन्तोष देखिएको छ,’ प्रचण्डले भने, ‘शिक्षक चक र डस्टर छाडेर काठमाडौं आएका छन् । सबै अहिले आन्दोलनमै छन् । स्थिति अलिक जटिल बनेको छ ।’
प्रतिक्रिया