जनकपुरमा टाटाका कर्भ, नेक्सन  के थ्री ईभी र टाटा सफारी एकैपल्ट लन्च

7
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च  गरेको छ ।

 जनकपुरस्थित गिरिजा अटोमोवाइल्स मा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी सहभागी थिए।

‘जनकपुरमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले टाटाको ईभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ । इन्ट्री लेभल गाडी  खोजिरहनु भएको ग्राहकले टियागो इभि रोज्न सक्नु हुन्छ । 

बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी रोज्न सक्नु हुन्छ,’ कार्यक्रममा बोल्दै  सिप्रदी  ट्रेडिंगका  प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ इभि रोज्न सक्नु हुन्छ ।  र प्रिमियम एसयूभीमा लामो दुरी  भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ ईभी टप भेरिएन्ट लिन सक्नु हुन्छ ।’

त्यस्तै  गिरिजा अटोमोवाइल्सका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ ईभी र नेक्सन के३ ईभीले त्यो पुरा गरेको बताए ।   

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च विरगंजमा हुन लागेको छ ।