तोसिमा कार्कीको मुद्दा १२ औं पटक पेशीमा, आज सांसद पदसम्बन्धी अदालतको फैसला आउने

3.8k
Shares

काठमाडौं । डा. तोसिमा कार्कीको सांसद पद सम्बन्धी मुद्दाको टुंगो आज लाग्ने भएको छ । सर्वोच्च अदालतले आज कार्कीको मुद्दामा निर्णय सुनाउने गरी पेशी तोकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आज कार्कीको मुद्दाको फैसला गर्ने भएको छ ।

सर्वोच्च अदालतको १२ पटकको पेशीसँगै कार्कीको मुद्दामा फैसला सुनाउने भएको छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा भएकै बेला कार्कीले प्रतिनिधि सभा सदस्यको लागि ललितपुर ३ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी र लाभको पद नछोडेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

निर्वाचन आयोगको निर्णय विरुद्ध २०७९ कात्तिक १४ गते सर्वोच्च अदालत गएकी कार्कीले कात्तिक २० गते अन्तरिम आदेश पाएकी थिएन ।

सर्वोच्चको अन्तरिम आदेशपछि निर्वाचन लड्न पाएको कार्कीले ललितपुर ३ बाट निर्वाचित समेत भइन् । उनको उम्मेदवारीको विषयमा परेको उक्त रिटको हाज हुने फैसलाबाट कार्कीको सांसद पद रहने कि नरहने भन्ने पनि टुंगो लाग्ने छ ।

Skip This