
जकार्ता, इण्डोनेसिया । पिटी नेटा अटो इन्डोनेसियाले सन् २०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आइआइएमएस) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म जेआई एक्स्पो केमायोरन, जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्सको ३२८ बुकिङ प्राप्त भएको छ।
“यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ,’ पिटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक, क्रिस लानले भने ।

आइआइएमएस २०२५ ले नेटा भी- ११ अर्बन स्पोटर्स कन्सेप्ट प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गर्यो। साथै, नेटाले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया बढायो। ‘इण्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ,’ लानले भने ।
यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सिजी मोर्टसले १००० भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ । जसलाई २२ बिक्री तथा सेवा केन्द्रहरू र २५०भन्दा बढी चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्क को साथ समर्थन गरिएको दाबी गरिएको छ । कम्पनीका अनुसार सिजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपाल ईभी बजारमा नयाँ उपलब्धि हासिल गरेको छ ।
प्रतिक्रिया