
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं प्रस्थान गर्ने तयारीमा रहेका छन् । शाह समिट एयरको चार्टर्ड जहाजमार्फत आइतबार दिउँसो काठमाडौं आउन लागेका हुन् ।
उनी काठमाडौं प्रस्थानका लागि बिदा भएर पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए ।
उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले भव्य बिदाइ गरेका छन् ।
पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरेका थिए । पूर्वराजा दुवोको माला लगाएर निस्किएका छन् । संस्कृतिविद् डा. जगमान गुरुङ पनि पूर्वराजालाई बिदाई गर्न विमानस्थल पुगेका थिए ।
काठमाडौंमा पूर्वराजालाई स्वागत गर्नका लागि विमानस्थल बाहिर राजतन्त्रवादीहरु भेला भएका छन् ।
प्रतिक्रिया