
काठमाडौं । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ । यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
विशेष अभियानमा नि:शुल्क एसी सर्भिस: कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित) हुने छ । त्यस्तै एक्स्चेन्ज सुविधा: पुरानो एसी साट्दा विगतभन्दा ५०% सम्म बढी मूल्याङ्कन हुने छ । साथै, नयाँ टीसीएल एसी खरिद गर्दा २०% सम्मको ग्रान्ड छुट पाइने छ ।
नि:शुल्क इन्स्टलेशनको सुविधा: नयाँ एसीमा ४ हजार बराबरको नि:शुल्क स्थापना सेवा हुने छ । त्यस्तै २ वटा नि:शुल्क सेवा कुपन ग्राहकले पाउने छन् । मूल्य ३ हजारसम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि) उपलब्ध हुने छ ।
ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन् । रजिस्ट्रेशन पछि टीसीएलको टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अतिरिक्त लाभको व्यवस्था
एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५०% सम्म छुट। सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित रहेको कम्पनीले जनाएको छ । अभियान सीमित अवधिको लागि मात्र लागू हुने छ।
प्रतिक्रिया