आज शुक्रबार: कुन राशिको आजको दिन कस्तो छ ?

889
Shares

काठमाडौं । आज विक्रम संवत् २०८१ साल फागुन २३ गते शुक्रवार ।
अङ्ग्रेजी क्यालेण्डर अनुसार इस्वि संवत् सन् २०२५ मार्च ७ तारिख।
शक संवत् १९४६ नेपाल संवत् ११४५ चिल्लाथ्व।
कालयुक्तनाम संवत्सर । सूर्यउत्तरायण शिशिर ॠतु ।
फाल्गुण शुक्लपक्ष अष्टमी तिथि रहेको छ दिउँसो ०१:३६ बजेसम्म, त्यसपछी नवमी
मृगशिरा नक्षत्र बिहान ०३:२४ बजेसम्म, त्यसपछी आर्द्रा
प्रीति योग राती १०:९ बजेसम्म, त्यसपछी आयुष्मान् रहेको छ।
वव करण दिउँसो १:३६ बजेसम्म, त्यसपछी वालव रात को १२:४५बजेसम्म, त्यसपछी कौलव।
चन्द्रमा आज वृष राशिमा । आनन्दादि योग मानस
सूर्योदय बिहान ६:२४ हुनेछ भने सूर्यास्त साँझ ०६:०७ मा हुनेछ।

मेष

उत्साहजनक दिन, आर्थिक स्थिरता रहन्छ तर अनावश्यक खर्च बढ्न सक्छ, बक्यौता फिर्ता आउन सक्छ, कृषिसम्बन्धी उद्योग, खाद्य उत्पादन र आयुर्वेदिक व्यवसाय लाभदायक देखिन्छ, रियल स्टेट वा भारी कर्जाको कारोबारबाट टाढा रहनु राम्रो, दाजुभाइसँग असमझदारी बढ्न सक्छ, आमाको कमजोरी र सन्तानको पाचनसम्बन्धी समस्या आउन सक्छ, समाधानका लागि “ॐ क्रां क्रीं क्रौं सः मङ्गलाय नमः” मन्त्र जप गर्नुहोस्, दक्षिणपश्चिम दिशा शुभ, उत्तर-पश्चिम अशुभ, गाढा रातो वा मरून शुभ रङ, सेतो वा खैरो अशुभ, शुभ अंक ९, अशुभ अंक ४।

वृष

चुनौतीपूर्ण दिन, आर्थिक क्षेत्रमा सतर्कता आवश्यक, जीवनसाथीको अनावश्यक खर्चले समस्या आउन सक्छ, कृषिमा केही चुनौती देखिए पनि व्यापार र उद्योगका लागि राम्रो अवसर, जग्गा-जमिन तथा सुनको कारोबारमा सावधानी अपनाउनु राम्रो, दिदी/बैनीसँग सहयोग मिल्नेछ, स्वास्थ्य सामान्य तर पाचन प्रणालीमा ध्यान दिनु उपयुक्त, समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, पूर्व अशुभ, हल्का हरियो वा गुलाबी शुभ रङ, सेतो अशुभ, शुभ अंक ३, अशुभ अंक ५।

मिथुन

खुशी र समृद्धि ल्याउने दिन, आर्थिक पक्षमा सुधार देखिन्छ, नयाँ सम्झौतामा सहमति बन्ने सम्भावना, कानुनी उल्झन आउन सक्छ, कृषि र औद्योगिक व्यवसाय लाभदायक तर रियल स्टेटमा लगानी नगर्नु उचित, दाजुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ, जीवनसाथीसँग सम्बन्ध राम्रो तर दिदी/बैनीको स्वास्थ्यमा समस्या आउन सक्छ, कान र दाँतको समस्या देखिन सक्छ, समाधानका लागि “ॐ बुं बुद्धाय नमः” मन्त्र १०८ पटक जप गर्नुहोस्, पश्चिम दिशा शुभ, दक्षिण अशुभ, गाढा नीलो वा श्वेत शुभ रङ, हल्का रङ अशुभ, शुभ अंक १, अशुभ अंक ६।

कर्कट

आर्थिक दृष्टिले मध्यम दिन, घरपरिवारमा केही असमझदारी आउन सक्छ, व्यापारमा राम्रो लाभ देखिए पनि ठूला लगानी नगर्नु उचित, रियल स्टेट र ठूला परियोजनाहरूमा लगानी रोक्नु राम्रो, सन्तानको शिक्षामा ध्यान दिनु आवश्यक, मानसिक तनाव बढ्न सक्छ, समाधानका लागि “ॐ सोम सोमाय नमः” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, पश्चिम अशुभ, सेतो वा सिल्की निलो शुभ रङ, कालो अशुभ, शुभ अंक २, अशुभ अंक ८।

सिंह

आत्मविश्वास बढ्ने दिन, आर्थिक सुधार देखिन्छ, व्यक्तिगत जीवनमा मिठास आउनेछ, जागिरमा प्रमोशन वा प्रशंसा पाइने सम्भावना, प्रेम सम्बन्धमा सुधार आउनेछ, कानुनी मामिलामा सफलता मिल्नेछ, सवारीसाधन वा इलेक्ट्रोनिक्समा ठूलो खर्च हुनसक्छ, समाधानका लागि “ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः” मन्त्र जप गर्नुहोस्, पूर्व दिशा शुभ, उत्तर अशुभ, सुन्तला वा पहेँलो शुभ रङ, खरानी रङ अशुभ, शुभ अंक ७, अशुभ अंक ५।

कन्या

आज सम्बन्धहरू सुधार हुने दिन हो, व्यापारमा नयाँ अवसर मिल्नेछ, काममा सफलता पाइनेछ, कर्जा लिनु परेको खण्डमा सावधानी अपनाउनु पर्ने समय छ । दाम्पत्य जीवनमा मिठास आउनेछ, मानसिक शान्तिका लागि ध्यान आवश्यक, समाधानका लागि “ॐ बृं बृं बृहस्पतये नमः” मन्त्र जप गर्नुहोस्, दक्षिण दिशा शुभ, उत्तर अशुभ, हरियो वा नीलो शुभ रङ, रातो अशुभ, शुभ अंक ५, अशुभ अंक ३।

तुला

सामाजिक मान-प्रतिष्ठा बढ्नेछ, पारिवारिक जिम्मेवारी बढ्न सक्छ, आर्थिक स्थितिमा सुधार आउनेछ, नया अवसरहरू आउनेछन् तर साझेदारी व्यवसायमा विवाद आउन सक्छ, जीवनसाथीको साथ मिल्नेछ, स्वास्थ्यमा टाउको दुखाइ वा आँखासम्बन्धी समस्या देखिन सक्छ, समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, दक्षिण अशुभ, हल्का गुलाबी वा सेतो शुभ रङ, खैरो अशुभ, शुभ अंक ६, अशुभ अंक ४।

वृश्चिक

कठिन परिश्रमको प्रतिफल पाइनेछ, व्यापारमा राम्रै फाइदा देखिन्छ, पारिवारिक सम्बन्ध सुधारिनेछ, नजिकका साथीभाइसँग सहयोग मिल्नेछ, शेयर बजार वा ठूला परियोजनामा लगानी नगर्नु उचित, मानसिक अशान्ति हुनसक्छ, समाधानका लागि “ॐ कं कें कौं सः भौमाय नमः” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, पश्चिम अशुभ, गाढा रातो वा बैजनी शुभ रङ, सेतो अशुभ, शुभ अंक ८, अशुभ अंक २।

धनु

विदेश यात्रा वा अध्ययनका लागि अनुकूल समय, आत्मविश्वास बढ्नेछ, रोजगारीमा अवसर मिल्नेछ, साझेदारी व्यवसाय लाभदायक देखिन्छ, घरपरिवारमा सामञ्जस्य बढ्नेछ, स्वास्थ्यमा थकान वा जोर्नी दुखाइ देखिन सक्छ, समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्र जप गर्नुहोस्, पूर्व दिशा शुभ, पश्चिम अशुभ, पहेँलो वा हरियो शुभ रङ, नीलो अशुभ, शुभ अंक ३, अशुभ अंक ९।

मकर

आर्थिक पक्ष सबल रहनेछ, व्यापारमा फाइदा हुनेछ, परिश्रम अनुसार लाभ मिल्नेछ, पारिवारिक जीवनमा सुख-शान्ति आउनेछ, यात्रा गर्दा सावधानी अपनाउनु होला, स्वास्थ्यमा छाती वा पाचनसम्बन्धी समस्या आउन सक्छ, समाधानका लागि “ॐ शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्, दक्षिण दिशा शुभ, उत्तर अशुभ, नीलो वा कालो शुभ रङ, पहेँलो अशुभ, शुभ अंक ४, अशुभ अंक ७।

कुम्भ

नयाँ अवसरहरू आउनेछन्, भविष्यका लागि राम्रो योजना बनाउन सकिनेछ, सामाजिक मान-प्रतिष्ठा बढ्नेछ, आर्थिक पक्ष सबल रहनेछ, नजिकका साथीहरूसँग असमझदारी बढ्न सक्छ, स्वास्थ्यमा रक्तचाप वा टाउको दुखाइ देखिन सक्छ, समाधानका लागि “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, उत्तर अशुभ, गाढा नीलो वा बैजनी शुभ रङ, सेतो अशुभ, शुभ अंक ७, अशुभ अंक २।

मीन

धार्मिक कार्यमा मन जानेछ, पारिवारिक सम्बन्ध सुधारिनेछ, आर्थिक पक्ष सामान्य रहनेछ, नयाँ अवसरहरू प्राप्त शिक्षा तथा खेल क्षेत्र मा लगानीमा शुभ हुने देखिन्छ। तर होटल पर्यटन तथा भारी उद्योग मा घाटा हुन सक्छ। स्वास्थ्यमा मानसिक तनाव बढ्न सक्छ, समाधानका लागि “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, दक्षिण अशुभ, हल्का पहेँलो वा हरियो शुभ रङ, रातो अशुभ, शुभ अंक २, अशुभ अंक ५।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस् र तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । पुनः भेट हुनेछ भोलिको राशिफलमा, तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोस् ! क्लिकमाण्डु डट कम हेर्दै गर्नुस्, लाइक कमेट सस्क्राइव गर्नुस हजुरहरुको सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ। शुभदिन जय होस् नमस्कार ।