आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

0
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बुधबार प्रतितोला ९०० रूपैयाँले बढेको सुन बिहीबार थप ३०० रूपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ७० हजार ७०० सय रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य १ लाख ७० हजार ४०० रूपैयाँ रहेको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ९५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३५ रूपैयाँले बढेर १ हजार ९८५ रूपैयाँ पुगेको छ ।