क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्कासन

147
Shares


काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

जसमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता निष्कासन गरेको छ । यस्तै कर्मचारीलाई ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरिसकेको छ ।

बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।