
काठमाडौं । नेपालमा लीपमोटर, सिट्रोन र प्यूजोका आधिकारिक वितरक, साङ्ग्रिला मोटर्स् प्रालिले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लीपमोटर र सिट्रोनका आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरेको छ ।
यो साझेदारी ३ वर्षको अवधिको लागि भएको र यसले लीपमोटर र सिट्रोनको लागि नेपालका अटोमोटिभ बजारमा नयाँ अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएको छ ।
प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साङ्ग्रिला मोटर्स् प्रालिले नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्याउने लक्ष्य लिएको छ । रोहित पौडेलसँगको यो सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गर्दछ। जसरी पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिन्छन् त्यसरी नै लीपमोटर र सिट्रोनले नेपालका अटोमोटिभ बजारमा उन्नत प्रविधि र विश्वस्तरीय प्रदर्शनका साथ अग्रणी बन्ने लक्ष्य लिएको छ ।
यस साझेदारीले साङ्ग्रिला मोटर्सको दिगो, प्रगति र सफलता मूल्याङ्कन गर्ने नेपाली ग्राहकहरूलाई प्रेरित गर्नेछ र कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउने दाबी गरेको छ ।
साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप काम गर्ने कम्पनीको रुपमा परिचित छ ।
प्रतिक्रिया