एलन मक्सद्वारा भारतमा कर्मचारी भर्ना सुरु, के हुनसक्छ ‘टेस्ला’ को इन्ट्री ?

1k
Shares

काठमाडौं । एलन मस्कको कम्पनी टेस्ला इन्क भारतमा कर्मचारी भर्ना गर्न सुरु गरेको छ । कर्मचारी भर्नाले भारतमा टेस्ला चाँडै प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

कम्पनीले १७ फेब्रुअरीमा लिंक्डइनमार्फत १३ पदको लागि कर्मचारी भर्नाको आवेदन खुलाएको थियो । यसमा मुख्यगरी कस्टमर सर्भिस र बैंक एण्ड अपरेशनसम्बन्धि छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणको क्रममा टेस्लाको सीईओ मस्कसँग भेंटवार्ता गरेका थिए ।

टेस्ला र भारतबीच केहि समयदेखि निरन्तर रुपमा वार्ता भइरहेको छ । तर टेस्ला भारतमा भएको इम्पोर्ट ड्युटी शुल्कका कारण दूरी बनाएर राखेका छन् । यद्यपी भारतले अब ४० हजार अमेरिकन डलर (करिब ३५ लाख भारतीय रुपैयाँ) भन्दा बढि मूल्यको कारमाथि लाग्दै आएको इम्पोर्ट ड्युटी शुल्क ११० प्रतिशतबाट घटाएर ७० प्रतिशत पुर्याएको छ ।

कारखानाको लागि स्थानको खोजी
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मस्कले टेस्ला कारको प्लान्ट स्थापना गर्न भारतको विभिन्न स्थानमा स्थानको खोजी गर्न सुरु गरेका छन् । मस्कले भारतको आँटोमोटिभ हब भएको प्रदेशमा यो प्लान्ट स्थापना गर्ने प्रयासमा छन् । भारतको महाराष्ट्र, गुजरात र तमिलनाडु मस्कको प्राथमिकतामा परेको छ ।

ट्रम्पले मस्कलाई बनाए डिपार्टमेन्ट अफ गर्भमेन्ट एफिशिन्सीको हेड

गत् नोभेम्बर महिनामा ट्रम्पले निर्बाचनमा हित हासिल गरेपछि डिपार्टमेन्ट अफ गर्भमेन्ट एफिशिन्सीको(डीओजीई) नामबाट एउटा नयाँ विभाग बनाउने घोषणा गरेका थिए । यो विभागले अमेरिकी सरकारलाई बाहिरबाट विभिन्न प्रकारको आर्थिक सल्लाह दिने व्यवस्था गरिएको छ ।


ट्रम्पले यो विभागको हेड मस्क र भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामीलाई सुम्पेका छन् । पछि रामास्वामीलाई जिम्मेवारीबाट हटाइएको थियो ।

टेस्लाको शेयर १ वर्षपछि ८३.६५ प्रतिशत बढ्यो

बजारमा टेस्लाको हिस्सा करिब १.१२ ट्रिलियन अमेरिकी डलरबराबर छ । यसको शेयरको मूल्य अमेरिकन डलर ३५५.८४ छ । बितेको १ वर्षमा टेस्लाको शेयर ८३.६५ प्रतिशतले रिटर्न भएको छ । त्यस्तै वितेको ६ महिनामा यो शेयर ५९.७७ प्रतिशतले बढ्ेको छ ।

टेस्लाको सबैभन्दा सस्तो कार मोडेल ३

अमेरिकन बजारमा अहिले टेस्लाको ६ प्रकारको विद्यूतीय सवारी साधन बिक्री हुँदै आएको छ । यसमा मोडेल एस, मोडेल ३, मोडेल एक्स, मोडेल वाई, नयाँ मोडेल वाई र साइबर ट्रक हो ।

यसमध्ये सबैभन्दा सस्तो कार मोडेल ३ हो । यो कार एक पटक फुल चार्ज गर्दा ५३५ किलोमिटरको रेन्ज दिन्छ ।