निसान म्याग्नाइटको फेसलिफ्ट सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने

994
Shares

काठमाडौं । निसान म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक भएको छ ।

निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले शुक्रबार कार्यक्रम गरेर निशान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गरेको हो ।

कम्पनीले यो कारको सुरुवाती  मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकेको छ । नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब-फोर मिटर एसयूभीका रुपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रविधीमा निकै सुधार गरिएको छ ।

विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाईट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो । हालसम्म १ लाख ५० हजारभन्दा बढी यूनिट बिक्री भैसकेको यस एसयूभीको सफलताले निसानको ‘एक कार, एक विश्व’ रणनीतिलाई प्रतिविम्बित गर्ने कम्पनीको दाबी छ ।

पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारडाका अनुसार निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुबै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । ‘नयाँ निसान म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टता प्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ र नेपालका हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई थप मजबुत बनाएको छ । हामी विश्वस्त छौं कि नयाँ म्याग्नाइटले नेपाल र अन्य बजारहरूमा निरन्तर प्रभाव पार्नेछ’ उनले भने ।

नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटर सहित स्लिक एलईडी हेडलाम्प उपलब्ध गराइएको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल-आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ ।

रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् । ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

प्रिमियम र विलासी इन्टेरियर

थुप्रै फस्र्ट-इन-क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ ।  जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदरट सीटहरु राखिएका छन् ।  साथै, यसको  ढोका, पार्किङ ब्रेक लीभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरट सजावट दिइएको छ ।

क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट,  ३३६ लिटरबाट ६९०  लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडीको सिटलाई ६०:४० को अनुपातमा स्प्लिट गर्न मिल्ने जस्ता विशेषता पाउन सकिन्छ । पछाडी बस्ने प्यासेन्जरका लागी समेत पर्याप्त स्पेश पाइने यस कारमा दिइएको हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ ।

यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ । प्रति लिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तिब्रता सुनिश्चित गर्दछ । निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाईटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिंग सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । 

१.० नेचुरल्लि एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध यस कारको इन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ । साथै यो म्यानुअल र ईजेड-शिफ्ट (एएमटी) अप्सनमा समेत उपलब्ध छ ।