
नमस्कार एवं शुभप्रभात !
ग्रहनक्षत्र अनुसार, आजको दिन तपाईंको जीवनमा के-कस्ता प्रभाव पर्छ, तपाईंले कुन क्षत्रमा लगानी गर्दा लाभ हुन्छ, के मा लगानी गर्दा हानी हुन्छ ? सम्बन्ध कस्तो रहन्छ, शुभ-अशुभ के छ ? लगायतका विषयमा राशिफलका आधारमा जानकारी दिन गइरहेका छौं ।
त्यसअघि आजको पञ्चाङ्गबारे जानकारी लिऔं-
आज विक्रम संवत २०८१ साल फाल्गुन ९ गते शुक्रवार । आज क्यालेन्डर अनुसार आज २०२५ को फब्रुअरी २१ तारिख । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस पनि हो । आ-आफ्नो मातृभाषाको संरक्षण गरौं ।
त्यस्तै शक संवत् १९४६ । नेपाल संवत् ११४५ सिल्लागा । कालयुक्त संवतसर । सूर्य उत्तरायण । शिशिर ॠतु ।
आज फाल्गुण कृष्णपक्ष अष्टमी तिथि । विहान ०८:३३ बजेसम्म अष्टमी त्यसपछी नवमी तिथि ।
अनुराधा नक्षत्र १२:५९ बजेसम्म, त्यसपछी ज्येष्ठा । योग व्याघात ०९:३४ बजेसम्म, त्यसपछी हर्षण । चन्द्रमा वृश्चिक राशिमा रहेने छन् भने आनन्दादी योग राक्षस रहेको छ ।
आज विहान सूर्योदय ६ बजेर ३८ मिनेटमा हुने छ भने सूर्यास्त साँझ ५ बजेर ५८ हुनेछ ।
अब सुरु गरौं, १२ राशिको आजको राशिफल ।
मेष
मेष राशिका लागि आज दिन सामान्य रहने देखिन्छ । घर जग्गामा लगानी गर्नु मेष राशिका लागि आजको दिन उपयुक्छ र लाभकारी हुने छ । आज अनावश्यक खर्चको योग देखिएको छ जसले तपाईंको सञ्चित नाफामा असर पर्न सक्छ । मेष राशि भएकाको आज पारिवारिक खर्च सामान्य हुनेछ । जीवन साथीसँगको सम्बन्ध सुमधुर रहने छ । यो राशिका लागि शुभ रंग रातो, शुभ दिशा पूर्व रहेको छ भने अशुभ रङ खैरो र अशुभ दिशा पश्चिम रहेको छ ।
आज हनुमानको आराधनाले मेष राशिका लागि फाइदा पुग्छ । ॐ रामदूताय नमः मन्त्रको जप गर्नुभयो भने लाभ हुन्छ ।
वृष
आज वृष राशिका लागि कृषि र व्यापारमा लाभ देखिएको छ । यी क्षेत्रमा लगानी गर्दा फाइदा पुग्न सक्ने योग छ । तर आफ्नो र परिवारको स्वास्थ्यले भने आज वृष राशि भएकालाई सताउने छ । जसले गर्दा ठूलो धनराशीको खर्च हुने योग छ । कानुनी झमेलाको पनि सामना गर्न सक्नु पर्ने हुन्छ त्यसैले सावधानी अपनाउनु उपयुक्त हुन्छ । ग्रह गोचरका आधारमा आजको दिन त्यति राम्रो नभए पनि ॐ श्रीं श्रीं लक्ष्मीनारायणाय नमः मन्त्र जप गर्नाले लाभ मिल्ने छ । वृष राशिका लागि शुभ रङ सेतो, शुभ दिशा उत्तर रहेको छ भने अशुभ रङ कालो र अशुभ दिशा दक्षिण रहेको छ ।
मिथुन
मिथुन राशिको आजको दिन खर्चमा सामान्य वृद्धि हुने देखिएको छ । तर प्रविधि र सञ्चार क्षेत्रमा लगानी गर्न सके फाइदा हुने योग छ । साथीभाइसँगको भेटघाट हुने योग छ । पारिवारिक सम्बन्ध त्यति सुमधुर रहने छैन । मिथुन राशिका लागि आज शुभ रङ: हरियो र शुभ दिशा पश्चिम रहेको छ । निलो अशुभ रंग रहेको भने पूर्वी दिशा पनि अज शुभ छैन । आजको दिन मिथुन राशि भएकाले ॐ नमो भगवते वासुदेवाय मन्त्र जप गर्दा लाभ हुने देखिन्छ ।
कर्कट
कर्कट राशि भएकालाई आजको दिन बैंक तथा वित्तीय क्षेत्रको लगानीले लाभ हुने देखिन्छ । त्यसैले आज यी क्षेत्रमा लगानी गर्न सक्नुभयो भने उपयुक्त प्रतिफल पाउने योग छ । अन्य क्षेत्रमा गरिने लगानी भने आज घाटा हुने छ । जसले यी राशि भएकालाई मानसिक तनाव दिने योग छ । आज नसोचेको ठाउँमा खर्च हुन सक्ने सम्भावना छ । त्यसको निवारणका लागि आज कर्कट राशि भएका जातकले ॐ सोम् सोमाय नम: मन्त्र जप गर्नु लाभदायक छ ।
आज कर्कत राशिका लागि सेतो शुभ रंग रहेको छ भने उत्तर दिशा शुभ छ । खैरो रङ आजको दिन अशुभ हुँदा दक्षिण दिशा उपयुक्त छैन ।
सिंह
आज सिंह राशिका लागि राम्रो दिन परेको छ । आजको दिन सुन चाँदी तथा धातुमा गरेको लगानीले लाभ दिने छ । जीवन साथीसँगको सम्बन्ध अत्यन्त आत्मिय हुने छ भने परिवारसँग पिन राम्रो समय बित्ने योग छ । तर, खर्च हुने योग भएकाले त्यसको व्यवस्थापन सही ढंगले गर्नुहोस् । ॐ घृणिः सूर्याय नमः मन्त्रको जप गर्नाले सिंह राशि भएकालाई आज फाइदा पुग्छ ।
यी राशि भएकालाई आज सुन्तला रंग, शुभ दिशा पूर्व रहेको छ भने पश्चिम र निलो रंग अशुभ रहेको छ ।
कन्या
किन्या राशिको आजको दिन सामान्य छ । यी राशि भएकाले आज स्वास्गथ्य र औषधिजन्य व्यवसायमा लगानी गर्दा लाभ हात पर्ने योग छ । जागिरे र काम गर्नेहरुका लागि आज सफलता मिल्ने छ । आज कन्या राशि भएकाको स्वास्थ्यमा केही समस्या देखिन सक्छ भने पारिवारिक उपचारमा पनि खर्च हुने योग छ । आज मानसिक रुपमा शान्त रहने प्रयत्न गर्नुहोस् । ॐ दुं दुर्गायै नमः मन्त्रको जपले तपाईंलाई लाभ दिन्छ ।
कन्या राशिका जातकलाई आज हरियो रंग र उत्तर दिशा शुभ छ भने रातो र दक्षिण दिशा अशुभ रहेको छ ।
तुला
तुला राशिका लागि आजको दिन राम्रो रहने योग छ । आजको दिन तुला राशि भएकाले फर्निचर, गृहसज्जामा तथा सौन्दर्य सामानमा लगानी गर्नु लाभदायक हुनेछ । नसोचेको लाभ मिल्ने योग छ भने आज जीवनसाथीसँग सम्बन्ध सुदृढ हुनेछ । तुला राशि भएकालाई आज पेटको समस्या आउन सक्छ, खानपानमा ध्यान दिन जरुरी छ । आज ॐ श्रीकृष्णाय नमः को जपले तुला राशिलाई फाइदा पुग्छ । यो राशिका लागि शुभ रङ गुलाबी रहेको छ भने शुभ दिशा पश्चिम रहेको छ । अशुभ रङ कालो हुँदा अशुभ दिशा पूर्व रहेको छ ।
वृश्चिक
आज वृश्चिक राशिका लागि विज्ञान तथा प्रविधिको लगानीले लाभ दिने छ भने कारोबार नयाँ सम्झौताको पनि योग रहेको छ । तर आफ्नै मान्छेले झगडाको बिउ रोप्ने प्रयत्न गर्ने योग छ । कानुनी झमेलाबाट बच्नु तपाईंका लागि लाभदायक छ । ॐ स्कन्दाय नमः मन्त्रको जपले तपाईंलाई फाइदा पुग्छ । आजको दिन तपाईंका लागि लामो यात्राको योग पनि रहेको छ ।
शुभ रङ रातो रहेको छ भने दक्षिण दिशा वृश्चिकका लागि आज शुभ रहेको छ ।
अशुभ रङ पहेँलो रहेको छ भने उत्तर आज अशुभ रहेको छ ।
धनु
आजको दिन धनु राशिका लागि नराम्रो हुने छैन । शिक्षा र अनुसन्धान क्षेत्रमा लगानी गर्दा आज लाभ हुने योग रहेको छ । पारिवारिक सम्बन्ध पनि राम्रो रहेन छ । आजको दिन रोमाञ्चक हुने छ । धनु राशिकाले आजको दिन दान अथवा सहयोग गर्ने अवसर पाउने योग छ । ॐ नारायणाय नमः मन्त्रको जपले नबनेका कामहरु बन्ने छन् ।
मकर
आजको दिन मकर राशिका लागि राम्रो रहने छ । घरजग्गामा क्षेत्रमा लगानी गर्नु लाभदायक देखिएको छ । आज पुराना समस्या सुल्झने योग छ । आत्मबल उच्च रहनेछ । पेटको समस्या भने हुनसक्ने देखिन्छ । ॐ शनैश्चराय नमः मन्त्रको जपले तपाईंलाई फाइदा पुग्छ ।
मकरका लागि आज निलो रंग र दक्षिण दिश शुभ रहँदा हरियो र उत्तर दिशा अशुभ रहने छ ।
कुम्भ
आज कुम्भ राशि भएकाहरुको दिन सामान्य रहने छ । व्यापार र उद्योगमा लगानी गर्नु लाभदायक नै हुनेछ । यात्राको अवसर आउने योग छ । तर आज खर्चमा वृद्धि हुने देखिएको छ । ॐ महादेवाय नमः मन्त्रको जपले कुम्भ राशि भएकालाई फाइदा पुग्छ ।
शुभ रङ बैजनी हुँदा छ भने शुभ दिशा पश्चिम रहेको छ । अशुभ रङ रातो हुँदा अशुभ दिशा पूर्व रहेको छ ।
मीन
मीन राशिका लागि आज नसोचेको लाभ प्राप्त हुने योग छ । पारिवारिक व्यवसायमा लगानी गर्नु आजको दिन मीन राशिका लागि लाभदायक हुनेछ । तर पारिवारिक तनावको सामना गर्नुपर्ने देखिएको छ । पिताको स्वास्थ्यमा राम्रो रकम खर्च हुने योग छ । ॐ वासुदेवाय नमः मन्त्रको जपले आज फाइदा पुग्छ ।
मीनका लागि शुभ दिशा उत्तर हुँदा शुभ रंग सेतो रहेको छ । खैरो रंग र दक्षिण दिशा यो राशिका लागि आज अशुभ रहेन छ ।
“आफ्नो लक्ष्यप्रति दृढ रहनुहोस्, किनकि प्रयास कहिल्यै निष्फल हुँदैन । शुभ दिन!”
आर्थिक समाचार, विश्लेषण, लगानी र प्रतिफलसहितका सूचनाका लागि क्लिकमान्डुलाई फलो गर्नुस् । हस्, भोलि फेरि भेटौंला । जय श्रीकृष्ण !







प्रतिक्रिया