
रुपन्देही । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि बुधबार मध्यरातमा गरिएको छ ।
भैरहवास्थित स्वर्गद्वारी घाटमा सयौंको उपस्थितिमा उनको दाहसंस्कार गरिएको छ ।
अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए। उनका हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। राति भैरहवा परिक्रमा गराएर शवलाई स्वर्गद्वारी घाट पु९याइएको थियो ।
प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको थियो। तर, उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज मा राखिएको थियो।
करिब ११ बजे प्रकृतिको शव सिद्धार्थनगर-८ स्थित निवास मा पुर्याइएको थियो। त्यहाँ उनको अन्तिम श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
दिउँसो १२ बजेपछि शवयात्रा निकालिएको थियो, जसमा भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका सहपाठीहरू पनि सहभागी थिए।








प्रतिक्रिया