प्रोटन इ-मास ७ को पान नेपाल भ्रमण सुरु, मार्चमा दुई भेरियन्ट लन्च हुने

49
Shares

काठमाडौं । नेपालको बहुप्रतिक्षित ईभी कार प्रोटन इ-मास ७ को काठमाडौंबाट इ-मास ७ पान नेपाल भ्रमण सुरु गरेको छ ।

यो भ्रमण मलेसियाली इ-मास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ ।  यो भ्रमणले इ-मास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउने बताइएको छ ।

प्रोटन इ-मास ७ भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ ।  यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रहरूसम्मका विविध भू-भाग र परिदृश्यहरू समेट्ने छ ।

‘प्रोटन इ-मास ७ नेपालको अद्वितीय भू-भाग परीक्षण गर्न यो यात्रामा निस्कन पाउँदा गर्व गर्छ । यो भ्रमणले ग्राहकहरुसँगको सम्बन्ध बलियो बनाउन, सबै क्षेत्रका ग्राहकलाई प्रोटन इ-मास ७ को बारेमा जानकारी दिन मद्दत गर्नेछ,’ भ्रमण बारे जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्रीले भने ।

कम्पनीका अनुसार प्रोटोन इ-मास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउछ भने यो कसरी नेपाली बजारको लागि ‘गेम चेन्जर’ हुदै छ भनेर देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इ-मास ७ दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुनेछ ।