
आज मिति विक्रम संवत् २०८१ साल फाल्गुन ०८ गते बिहीबार ।
इस्वि संवत् सन् २०२५ फेब्रुअरी २० तारिख ।
शक संवत् १९४६, नेपाल संवत् ११४५ सिल्लागा ।
कालयुक्तनाम संवत्सर सूर्य उत्तरायण शिशिर ॠतु फाल्गुन कृष्णपक्ष सप्तमी तिथि बिहान ०६:५३ मिनेटसम्म, त्यसपछि अष्टमी तिथि ।
विशाखा नक्षत्र बिहान १०:५३ सम्म, त्यसपछि अनुराधा नक्षत्र ।
योग ध्रुब बिहान ०९:२५ सम्म, त्यसपछि व्याघात ।
करण वव बिहान ०६:५३ सम्म, त्यसपछी वालव साँझ ५ :४५ बजेसम्म, त्यसपछि कौलव ।
चन्द्रमा वृश्चिक राशिमा । आनन्दादी योग प्रवर्द्ध ।
सूर्योदय प्रातः ६:३९ मा भयो भने सूर्यास्त साँझ ०५ :५८ मिनेट मा हुनेछ
ज्योतिष अनुप खतिवडाले क्लिकमान्डुका लागि तयार गरेको १२ राशिका जातकको आजको दिनको आर्थिक लगायत लगानी गर्ने क्षेत्र, दिनदशा, शुभ अशुभको फलादेश यहाँ प्रस्तुत गरिएको छ ।
१. मेष
रियल स्टेट तथा जमिनमा लगानी गर्नु लाभदायक हुनेछ । व्यवसायमा राम्रो आम्दानी हुनेछ तर अनावश्यक खर्च बढ्नेछ । व्यापार स्थिर रहनेछ । पारिवारिक खर्च सामान्य रहनेछ ।
२. वृष
धातु तथा सुनचाँदी कारोबारमा लगानी गर्नु उचित देखिन्छ । कानुनी समस्यामा पर्न सक्नु हुनेछ । व्यावसायिक कारोबार वृद्धि हुनेछ । परिवारका सदस्यहरूको स्वास्थ्य खर्च बढ्नेछ ।
३. मिथुन
नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । सेयर बजारबाट लाभ हुनेछ । सामाजिक जमघट वा उत्सवमा खर्च हुनेछ । स्वास्थ्य राम्रो रहनेछ, विशेष खर्चको सम्भावना छैन ।
४. कर्कट
खाद्यान्न तथा कृषि क्षेत्रमा लगानी गर्नु उचित हुनेछ । नगद प्रवाह कमजोर हुन सक्छ, तर घाटा हुने छैन । नाफा भने सीमित हुनेछ । स्वास्थ्यमा खर्च बढ्न सक्छ ।
५. सिंह
शिक्षा तथा अनुसन्धान क्षेत्रमा लगानी गर्नु लाभदायक हुनेछ । व्यावसायिक कारोबारमा नगद प्रवाह वृद्धि हुनेछ । पारिवारिक आवश्यकतामा खर्च गर्नुपर्नेछ । स्वास्थ्यमा कुनै ठूलो खर्च हुनेछैन ।
६. कन्या
फर्निचर तथा निर्माण सामग्री क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । व्यापार स्थिर रहनेछ । घरायसी खर्च सन्तुलित रहनेछ भने औषधि उपचारमा सामान्य खर्च हुने सम्भावना छ ।
७. तुला
अचल सम्पत्ति तथा भाडामा लगाउने व्यवसायमा लगानी गर्नु उचित हुनेछ । व्यापारमा वृद्धि हुनेछ । विलासिताका वस्तु खरिद गर्ने सम्भावना छ । सन्तानको फजुल खर्चले पारिवारिक तनाव सिर्जना गर्न सक्छ ।
८. वृश्चिक
सहकारी तथा वित्तीय संस्थामा लगानी गर्नु राम्रो हुनेछ । व्यापार स्थिर रहनेछ, नाफा न्यून हुनेछ । जीवनसाथीको फजुल खर्चले तनाव निम्त्याउँछ । आर्थिक गतिविधिका लागि आजको दिन उपयुक्त छैन ।
९. धनु
पर्यटन तथा होटेल व्यवसायमा लगानी गर्नु राम्रो हुनेछ । कानुनी समस्या निम्तिन सक्छन् । सेयर बजारमा लगानी नगर्नु नै उचित हुनेछ । सन्तानको अनावश्यक खर्च नियन्त्रण गर्नुहोस् । स्वास्थ्य राम्रो रहनेछ ।
१०. मकर
खानी तथा खनिज पदार्थ कारोबारमा लगानी गर्नु लाभदायक हुनेछ । पुराना सम्झौता भंग हुने सम्भावना छ । सेयर कारोबार नाफाजनक रहनेछ । स्वास्थ्य सामान्य रहनेछ ।
११. कुम्भ
वातावरण तथा हरित ऊर्जा (सोलार तथा हाइड्रो) क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । दीर्घकालीन योजनाका लागि अनुकूल समय छ । व्यापार स्थिर रहनेछ । पिताको स्वास्थ्यमा खर्च हुन सक्छ ।
१२. मीन
औषधि तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायमा लगानी गर्नु उचित हुनेछ । खर्च नियन्त्रण गरेमात्र आर्थिक सन्तुलन कायम रहनेछ । पारिवारिक आवश्यकतामा खर्च हुनेछ ।
धन्यवाद । तपाईंको दिन शुभ रहोस् !







प्रतिक्रिया