
काठमाडौं । सुनको मूल्य १ लाख ७० हजार नाघेको छ ।
अमेरीकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुरु भएको ‘ट्रेड वार’ले गर्दा भारत, चिन, टर्की लगायतका ठुला अर्थव्यवस्था भएका देशका केन्द्रिय बैंकले सुनको मौज्दात बढाउँदै लैजाँदा विश्वभरी सुनको माग बढेको छ । विदेशी विनियम सञ्चितिमा अमेरीकी डलरको हिस्सा घटाउँदै चिन भारत लगायतका देशका केन्द्रिय बैंकले सुनको हिस्सा बढाउँदै लगेका छन् ।
चीनको केन्द्रिय बैंकले अमेरीकी सरकारको ट्रेजरी बिलको लगानी सुनमा डाइभर्ट गर्दै लगेको छ । जसले विश्वभरी सुनको माग बढेको छ । अन्तराष्ट्रिय बजारमा बढेको सुनको मूल्यका कारण नेपाली बजारमा पनि लगातार सुनको मूल्य बढ्दै गएको छ ।
बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएर १ लाख ७० हजार ५०० पुगेको छ । मंगलबार प्रतितोला १ लाख ६९ हजार ४०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९९५ मा कारोबार भएरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० मा कारोबार भएको थियो ।







प्रतिक्रिया