
आज मिति विक्रम संवत् २०८१ साल फागुन ७ गते बुधबार ।
इस्वि संवत् सन् २०२५ फेब्रुअरी १९ तारिख ।
शक संवत् १९४६ नेपाल संवत् ११४५ सिल्लागा ।
कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ॠतु, फाल्गुन कृष्णपक्ष सप्तमी तिथि अहोरात्र ।
स्वाति नक्षत्र ०८:२८ बजेसम्म, त्यसपछि विशाखा ।
वृद्धि योग ०९:०२ बजेसम्म, त्यसपछि ध्रुब ।
करण भद्रा १७:५५ बजेसम्म, त्यसपछि वव ०६:५३ बजेसम्म ।
चन्द्रमा तुला राशिमा आनन्दादी योग धुम्र । सूर्योदय प्रात ०६:४० मा हुनेछ । सूर्यास्त साँझ ५:५७ मा हुनेछ ।
ज्योतिष अनुप खतिवडाले क्लिकमान्डुका लागि तयार गरेको १२ राशिका जातकको आजको दिनको आर्थिक लगायत लगानी गर्ने क्षेत्र, दिनदशा, शुभ अशुभको फलादेश यहाँ प्रस्तुत गरिएको छ।
१. मेष
व्यापार र लगानीका नयाँ अवसर आउनेछन् । व्यावसायिक यात्रा फाइदाजनक हुनेछ तर घरपरिवारका लागि विलासी खर्च बढ्नेछ ।
२. वृष
कृषि, जग्गा-जमिन वा निर्माण क्षेत्रमा लगानी गर्नु फाइदाजनक देखिन्छ । पारिवारिक किनमेल साथै घर सजावट वा नवीकरणमा खर्च बढ्नेछ ।
३. मिथुन
सेयर बजार वा पार्टनरसिप व्यवसायबाट फाइदा हुनेछ । परिवारसँग यात्रा गर्ने योजना बन्नेछ, जसमा खर्च बढ्नेछ ।
४. कर्कट
घरजग्गा वा दीर्घकालीन योजनामा लगानी गर्नु उपयुक्त समय हो । घरायसी आवश्यकतामा खर्च बढ्नेछ । तर, आम्दानीले खर्चको सन्तुलन मिलाउनेछ ।
५. सिंह
आयस्रोत बढाउने अवसर मिल्नेछ । सिर्जनशील कार्यमा संलग्न व्यक्तिहरूको कमाइ हुनेछ । घरपरिवारमा ठूला खर्च गर्नुपर्दा मानसिक तनाव बढ्न सक्छ ।
६. कन्या
लेनदेन गर्दा सतर्क रहनुहोस् । नयाँ व्यवसाय वा पार्टनरशिपका लागि समय राम्रो छ । कानुनी मामला भने सचेत रहनुस । पारिवारिक भोजभतेरमा खर्च हुनेछ ।
७. तुला
लगानी तथा व्यावसायिक सन्दर्भमा आज राम्रो समय हो । नयाँ आयस्रोत खोज्ने अवसर पनि मिल्नेछ । तर घरपरिवारका लागि स्वास्थ्यसम्बन्धि खर्च बढ्ने संकेत छ ।
८. वृश्चिक
आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस् । रोजगारी वा व्यापारमा सुधार आउनेछ । जीवनसाथीबाट आर्थिक सहयोग पाउनु हुनेछ ।
९. धनु
वैदेशिक व्यापार, पर्यटन वा अनलाइन कारोबारबाट राम्रो फाइदा हुनेछ । घरपरिवारमा शुभकार्यको तयारीले खर्च बढ्नेछ । सन्तानबाट रेमिट्यान्सको आश नगर्दा राम्रो हुनेछ ।
१०. मकर
बचत तथा लगानीका लागि राम्रो रणनीति बनाउनुहोस् । सेयर वा जग्गा कारोबार लाभदायक देखिन्छ । सन्तानबाट हुने फजुल खर्चले भने समस्या ल्याउन सक्छ ।
११. कुम्भ
आर्थिक पक्ष मजबुत बन्नेछ । विशेष गरी प्रविधि र नवप्रवर्तन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई लाभ हुनेछ । घरपरिवारका आधारभुत आवश्यकतामा खर्च हुनेछ ।
१२. मीन
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । रियल स्टेट वा दीर्घकालीन योजनामा लगानी गर्न सकिन्छ । पारिवारिक खर्च सन्तुलनमा राख्न आवश्यक छ ।
नमस्कार । तपाईंको दिन शुभ रहोस् ।
प्रतिक्रिया