माघसम्म सहकारी ठगीका ४८ मुद्दा दर्ता, ५ अर्ब भन्दा बढीको बिगो दाबी

238
Shares

काठमाडौं । देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताए ।

उनले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताए । त्यस्तै सहकारी ठगीका मुद्दा आव ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए ।

सहकारी सम्बन्धि मुद्दामा ३५० जना मानिस फरार रहेको बताए । मन्त्रालयले बेरुजु फस्र्यौटलाई शुन्य बनाउन काम गरिरहेको बताए ।

उनले भने, ‘बेरुजु फस्र्यौटलाई अहिले मान्य मन्त्रीज्युले बेरुजु लामो समय राख्नुहुन्न भन्ने निर्देशन छ । त्यही निर्देशनअनुसार काम साथीहरुले गरिरहनुभएको छ । अहिलेसम्म ५० प्रतिशत यो वर्ष बेरुजु फस्र्यौट भएको छ । यसलाई अब जिरो बनाउने भन्ने छ । अहिले पनि हामीसँग २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु छन् । यि उजुरीहरुलाई सर्टिङ गर्नेकुरालाई तिब्रता दिने भनेर अहिले मान्य मन्त्रीज्यु, श्रीमान सचिवज्यु र प्रहरी महानिरीक्षकज्युहरु लागिरहनुभएको छ । ०७९/०८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन् । २०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए । ०८०/८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन् । २९४ जना मानिस पक्राउ परेका छन् । ८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ । ११ अर्ब ६८ करोड भन्दा बढी रकम माग दाबी गरिएको छ । ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन् । ४३ जना पक्राउ परेका छन् । ३५० जना मानिस फरार छन् । ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ ।’

उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए ।