रोयल इनफिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा अल्फा अटोमोटिभका कार्ट हेड सहभागी

70
Shares

काठमाडौं । अल्फा अटोमोटिभका कार्ट हेडमा कार्यरत नेपाली युवा दिपेश श्रेष्ठले भारतको रोयल इनफिल्ड स्लाइड स्कूल रेसिङ ट्रेनिङ कार्यक्रममा सहभागी भई नेपालको मोटरस्पोर्ट क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनवरी २५ देखि २६ तारिखमा सम्पन्न उक्त दुई दिने विशेष प्रशिक्षणमा श्रेष्ठले बाइक नियन्त्रण, क्र्यास म्यानेजमेन्ट, अफ-रोड रेसिङ टेक्निक लगायतका महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाएको बताए । उनले रोयल इनफिल्डको हिमालयन ४११ बाइकमा विभिन्न चुनौतीपूर्ण भू-भागमा अभ्यास गर्दै, माटो र फ्याल्ट ट्र्याकमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने बुझ्ने अवसर पाए ।

प्रशिक्षणमा बाइकको सही पोस्चर, सुरक्षात्मक राइडिङ गियरको महत्त्व, रेसिङ फ्ल्याग संकेतहरूको प्रयोग जस्ता व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिइएको थियो । नेपालमा अफ-रोड रेसिङको भविष्य सम्भावनायुक्त छ ।

दिपेश जस्ता युवाहरूको उत्साहले यो खेललाई अझै व्यावसायिक बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने आशा गर्न सकिने दाबी अल्फा अटोमोटिभले गरेको छ ।