नेपाली सडकमा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, केही दिनमै लन्च हुने

420
Shares

काठमाडौं । नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट उपलब्ध गराउने चर्चा चलिरहेको समयमा यो देखिएको हो ।

पायोनियर मोटोकर्पले यसको लन्चिङ समयका बारेमा आधिकारिक जानकारी दिएको छैन । यद्यपि हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिना भित्रै लन्च हुने अनुमान गर्न सकिन्छ ।

नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन् । अब अझै सुधारिएको भर्सनको रुपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो ।

यसको ग्रिल र क्रोम वरिपरि पुन: डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।

यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।

यसमा ८ इन्चको टच स्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।

यसमा १ लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा उपलब्ध हुने भेरिएन्टको वारेमा समेत कम्पनीले हाल जानकारी सार्वजनिक गरेको छैन । यसको मूल्य समेत पछि सार्वजनिक कम्पनीका अधिकारीहरुको भनाई छ ।

Skip This