डिसहोम इन्टरनेटको अफर: नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनसको सुविधा

301
Shares

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै समर स्टपिड अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस का वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा नि:शुल्क फाइभ-जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने छन्।

यस अफरका अनुसार, डिशहोम इन्टरनेटको १०० एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य रु ८५००, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु११५०० र ३०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु १३५०० रहेको छ।

यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ। पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन्।