![](https://clickmandu.com/wp-content/uploads/2025/02/maharjan-768x426.png)
काठमाडौं । अल्फा अटोमोटिभ प्रालीका दक्ष टेक्निसियन बिनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएका छन् ।
रोयल इनफिल्ड नेपालको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्राली अन्तर्गत, नक्साल सर्भिस सेन्टरका सीनियर टेक्निसियन महर्जनले सुपर स्वायड ३.० ग्लोबल टेक्निसियन कम्पिडिसनमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो रनर–अप स्थान हासिल गरेका छन् ।
सन् २०२५ फेब्रुअरी ६ मा भारतको चेन्नईमा सम्पन्न यस प्रतिष्ठित प्रतियोगितामा बिनोदले आफ्नो उच्च दक्षता, समर्पण, र व्यावसायिक क्षमताको उत्कृष्ट नमूना प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सीपमा आधारित यो प्रतियोगिता विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियन बीच प्रतिस्पर्धात्मक थियो । चेन्नईको सो कार्यक्रममा रोयल इनफिल्ड इन्डियाका ग्लोबल प्रडक्ट हेड प्रदिप मेथ्युले, महर्जनलाई बधाईसहित प्रमाणपत्र प्रदान गरे ।
नेपालका प्राविधिकहरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने महर्जनको उपलब्धिले पुष्टि गरेको छ । यस सफलता पश्चात्, नेपाली टेक्निसियनहरूको सीपलाई अझै निखार्ने अवसरहरू सिर्जना गर्न अल्फा अटोमोटिभ प्राली आगामी दिनहरुमा पनि प्रतिबद्ध रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया