काठमाडौं । भुषाल ग्रुपले विशाल सिमेन्टमा भएको आफ्नो सेयर बिक्री गरेको छ ।
सन् २०१० मा स्थापना भएको विशाल सिमेन्टको सेयर बुटवलको भुषाल ग्रुपले २०७७ सालमा १ अर्ब रुपैयाँमा किनेको थियो । सिमेन्ट व्यवसायमा प्रवेश गरेको ४ वर्षपछि बाहिरिएको हो ।
भुषाल ग्रुपको सेयर भैरहवाका व्यवसायी प्रमोद यादवले किनेका छन् । कति रकममा किनबेच भयो भनेर सार्वजनिक गरिएको छैन । उद्योग किन्ने यादव नेपाली कांग्रेसका नेता हुन् । उनी २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका थिए ।
क्लिङकर उत्पादन गर्ने लक्ष्यसहित सिमेन्ट व्यवसायमा हात हालेको भुषाल ग्रुप ४ वर्ष नवित्दै बाहिरिएको हो ।
प्रतिक्रिया