काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तरको चनाको दाल भारत फिर्ता पठाउन सिफारिश गरेकोे छ ।
नेपालगञ्ज नाकामार्फत आयात भएको ९६०० किलो चनाको दाल किराले क्षतिग्रस्त बनाएर मापदण्डविपरित अवस्थामा पाइएकाले उक्त दाल भारत फिर्ता पठाउन नेपागञ्ज भन्सार कार्यालयलाई सिफारिश गरिएको छ ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार नेपालगञ्जस्थित विभागको मातहतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले उक्त दालको गुणस्तरसम्बन्धी परीक्षण गरेको थियो ।
यस्तै विभागले क्षतिग्रस्त दानाको मात्रा तोकेको मापदण्डभन्दा बढी पाइएकाले २३ हजार २८० किलो राजमासमेत भारत फिर्ता पठाउन नेपालगञ्ज भन्सार कार्यालयलाई सिफारिश गरेको छ ।
नेन्सी सप्लायर्स दाङ्गले नेपालगञ्ज नाकामार्फत यो राजमा आयात गरेको थियो ।
प्रतिक्रिया