काठमाडौं । ग्यास बिक्रेताहरुको छाता संगठन ग्यास बिक्रेता महासंघको अध्यक्षमा ज्ञानेश्वर अर्याल सर्वसम्मतिले चयन भएका छन् ।
६ औं अधिवेशन र ११ औं साधारण सभाले अर्यालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति भएको निवर्तमान अध्यक्ष चन्द्र थापाले जानकारी दिए । उनका अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिबमा क्रमशः बिष्णप्रसाद ज्ञवाली, रामप्रसाद ज्ञवाली, गेहेन्द्र रिजाल, लालबहादुर केसी, रामप्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन, रामकृष्ण खड्का र बिनोद काफ्ले चयन भएका छन् ।
महासंघका एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष र एक महासचिबको व्यवस्था रहने व्यवस्था छ । यस्तै सचिब, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः कृष्णप्रसाद गैरे, रविन कार्की, प्रकाश तिवारी, रामपुकार खड्का, रामशरण पुडासैनी, शेषकान्त भण्डारी, ओमकार वोहरा, सुधिर यादब, कमल अधिकारी, हरी ढकाल, मञ्ज थापा, छविराज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाई चयन भएका छन् ।
अर्याल तेश्रो कार्यकालको लागि चयन भएका छन् । यसअघि उनी दुई पटक महासंघको अध्यक्ष भइसकेका थिए ।
निवर्तमान अध्यक्ष थापाले बिक्रेताहरुको लामो समयदेखिको कमिशनको समस्या समाधान भएको जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा सिलिण्डरको बिक्री मूल्यअनुसार २.७५ प्रतिशतका दरले बिक्रेताले कमिशन पाउने वातावरण बनेको बताए ।
यसका साथै खाना पकाउने ग्यास उच्च प्रज्जवलशील पदार्थ भएकाले यो पेशालाई व्यवस्थित गर्न गत मंसिर १ गतेदेखि बिक्रेता प्रमाणिकरण गर्ने कामसमेत सुरु भएको उनले बताए ।
यो प्रमाणिकरणमा नपरेका बिक्रेताले ग्यास बिक्री गर्न पाउने व्यवस्था भएको उनले बताए । महासंघमा देशभर गरी १२ हजारको संख्यामा बिक्रेता आवद्ध छन् ।
प्रतिक्रिया