काठमाडौं । कोलम्बियाको एन्टिओकिया क्षेत्रको उराओ नजिकै भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीन बालबालिकासहित १० जना सवार उक्त विमानमा सबै सबैको ज्यान गएको हो ।
कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार सेस्ना विमान जनवरी ८ मा जुराडोबाट मेडेलिनतर्फ जाँदै गर्दा साँझ ५:३० बजे सम्पर्कविहीन भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार पाँच जना एकै परिवारका सदस्य थिए ।
जनवरी १० मा कोलम्बियाको एन्टिओकिया राज्यको जोखिम व्यवस्थापन प्रशासन विभागद्वारा जारी गरिएको हवाई फुटेजमा विमानको भग्नावशेष जंगलमा देखाइएको छ ।
उत्तरपश्चिम कोलम्बियामा प्यासिफिका ट्राभलको विमान बुधबार बेपत्ता भएकामा शुक्रबार एन्टिओकिया क्षेत्रमा फेला परेको हो । विमानमा दुई जना चालक दलका सदस्य र आठ जना यात्रु थिए ।
घटनास्थलमा ३७ जनाको उद्दा टोली खटिएका छन् । मौसम प्रतिकूल भएकाले उद्धार कार्यमा समस्या भएको छ । हेलिकप्टरको सहयोग लिन नसकिने देखिएको छ ।
प्रतिक्रिया