किन घट्यो भारतमा ‘फूड कल्चर’ माथि खर्च गर्ने तरिका ?, दाल चामलको खपत ५ प्रतिशतले घट्यो
काठमाडौं । भारतमा पछिल्लो समयमा फूड कल्चर अर्थात खाना खाने संस्कृतिमा ठूलो परिवर्तन आएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो १२ बर्षको अवधीमा खानामा खर्च गर्ने भारतीय परिबारमा ठूलो परिवर्तन आएको छ ।
सहर र ग्रामिण भेगमा भारतीय परिबारले खपत गर्ने चामल र दालको खपत दर निक्कै घटेको छ । उनीहरुले दाल भातको साटो नान फूड आइटममा खर्च गर्न थालेकाले चामल दालको खपत दर निक्कै घटेको हो । दाल चामलमा ५ प्रतिशतले कमी आएको छ ।
बढ्दै गएको आयस्रोत, जीवनस्तरमा सुधारलगायतका कारण भारतीय परिबारको खानाको रोजाई पनि परिवर्तन हुने लागेको हो । भारतीय रिपोर्टका अनुसार ग्रामिण र सहरी क्षेत्रका बासिन्दाको उपभोग गर्ने तरिका परिवर्तन, आर्थिक विकास, सरकारी नीति र जीवनशैली परिवर्तनका कारण खानाको रोजाई विस्तारै आधुनिकतातर्फ ढल्किदै गएको छ ।
राशनको खर्च गैर खाद्य पदार्थमा बढ्यो
रिपोर्टका अनुसार पछिल्लो १२ बर्षको अवधीमा भारतमा गैर खाद्य पदार्थले घरेलु बजेटमाथि दबाब दिन थालेको छ । अर्थात सर्वसाधारण गैर खाद्य पदार्थमाथि बढि मात्रामा खर्च गर्न थालेका छन् । सहरी क्षेत्रका साथै ग्रामिण भेगमा पनि यस्तो अवस्था देख्न थालिएको छ ।
खाद्य पदार्थमाथि औसत खर्च २०११–१२ मा ५२.९ प्रतिशत थियो । तर पछिल्लो समय २०२३–२४ मा घटेर ४७.०४ प्रतिशतमा सिमित भएको छ ।
ग्रामिण भेगमा यो खर्चको प्रतिशत घटेर ५.८६ प्रतिशत पुगेको छ । यस्तै सहरी क्षेत्रमा खानपानमाथि गरिने खर्चको हिस्सा घटेर ग्रामिण क्षेत्रको तुलनामा कम छ । सहरी क्षेत्रमा खानपानमाथि गरिने खर्चको हिस्सा ४२.६२ प्रतिशतबाट घटेर ३९.६८ प्रतिशतमा पुगेको छ । यो २.९४ प्रतिशतले घटेको देखाएको छ ।
गैर खाद्य पदार्थमाथी खर्च बढ्यो
रिपोर्टका अनुसार स्वच्छ भारत अभियानका कारण सौन्दर्य प्रसाधनमाथि खर्च बढेको छ । ग्रामीण भेगमा गैर खाद्य पदार्थको खर्चको हिस्सा सन् २०११–१२ मा ४७.१ बाट बढेर २०२३–२४ मा आइपुग्दा ५२.९६ प्रतिशत पुगेको छ । यो ५.८६ प्रतिशतले बढेको हो ।
सहरी क्षेत्रमा गैर खाद्य पदार्थको खर्चको हिस्सा पनि बढेको पाइएको छ । जसअनुसार ५७.३८ प्रतिशतबाट बढेर ६०.३२ प्रतिशत पुगेको छ । यो २.९४ प्रतिशतले बढेको हो ।
भारतको खानाको थालीमा पहिलेदेखि नै प्रोटिनको कमी
रिपोर्टका अनुसार पछिल्लो १२ बर्षमा सहरी र ग्रामीण भेगमा दाल र चामलमाथि कम खर्च हुन थालेपछि यसले नौलो प्रकारको
जोखिमलाई विकास गरेको छ । खानामा चामल र दालको परिमाण घट्दै गएपछि मानव शरीरमा प्रोटिनको मात्रा पनि निक्कै घट्दै गएको छ । प्रोटिनको कमी भएपछि शरीर कमजोर हुनुका साथै रोग प्रतिरोधक क्षमता पनि कम हुन्छ ।
प्रोटिनका मुख्य काम भनेको शरीरको माँसपेशी तयार गर्नु हो र त्यसको मर्मत सम्भार गर्नु हो । दाल, अंकुर भएको खाद्य पदार्थ, सोयाबीन, माछामासुमा पनि प्रोटिनको मात्रा अत्यधिक पाइन्छ ।
७३ प्रतिशत भारतीय खानामा प्रोटिनको कमी
रिपोर्ट अनुसार करिब ७३ प्रतिशत भारतीयको खानामा प्रोटिनको कमी भएको पाइएको छ । साकाहारीको खानामा यो दर अझै बढि छ । माँसाहारीको तुलनामा साकाहारीको खानामा ८४ प्रतिशत कम प्रोटिन पाइन्छ ।