सिन्धुपाल्चोकका १९ वटा सहकारी खारेज हुँदै
काठमडौं । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका ३५ वटा सहकारी खारेजी हुने भएको छ ।
विगत दुई वर्ष देखि निष्क्रिय रहेका ३५ वटा सहकारी संस्थाहरुलाई भोटेकोशी गाउँपालिकाको सहकारी ऐन, २०७५ बमोजिम खारेजी गर्न लागिएको जनाइएको छ ।
उक्त ऐनमा सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने व्यवस्था रहेको हुँदा ५ दिन भित्र संस्थाको दर्ता प्रमाणपत्र सक्कली प्यान प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपि, पछिल्लो साधारण सभा भेलाको छायाँप्रति लगायतका आवश्यक कागजात सहित भोटेकोशी गाउँपालिकाको सहकारी शाखामा सम्पर्क गर्न भनिएको छ ।
उक्त समय सिमा भित्र सम्पर्कमा आउन नसक्ने सहकारी संस्थालाई प्रचलित कानुन वमोजिम दर्ता खारेजी तथा विघटन गरी आवश्यक कारबाही गर्ने जनाइएको छ ।
खारेजीमा पर्न लागेका सहकारीमा अमर उज्यालो साना किसान कृषि सहकारी संस्था, साबिक तातोपानी १) हाल भोटेकोशी २, त्रिशक्ति कृषि सहकारी संस्था ( साबिक तातोपानी १) हाल भोटेकोशी २, लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था, (साबिक तातोपानी ३) हाल भोटेकोशी २, कैलाश बचत तथा ऋण सहकारी संस्था (साबिक तातोपानी ३) हाल भोटेकोशी २, कोकरसिंग उपभोक्ता सहकारी संस्था (साबिक मर्मिङ्ग १) हाल भोटेकोशी ५, त्याङथली कृषि सहकारी संस्था (साबिक मर्मिङ्ग १) हाल भोटेकोशी ५, बन्जी सामुदायिक कृषि सहकरी संस्था (साबिक मर्मिङ्ग १) हाल भोटेकोशी ५ रहेका छन् ।
भोटेकोशी महिला बहुउद्देश्यीय सहकारी संस्था(साबिक तातोपानी ४) हाल भोटेकोशी २, निशाना उपभोक्ता सहकारी संस्था (साबिक मर्मिङ्ग ९) हाल भोटेकोशी ५, हिमालयन मितेरी बचत तथा ऋण संस्था सहकारी .(साबिक फुलपिङट्टी १) हाल भोटेकोशी ४, लार्चा फुमाचे कृषि सहकारी संस्था (साबिक तातोपानी ४) हाल भोटेकोशी २, मितेरी उपभोक्ता सहकारी संस्था (साबिक तातोपानी ४) हाल भोटेकोशी २, शयपत्री उपभोक्ता सहकारी संस्था ( साबिक मर्मिङ्ग ९) हाल भोटेकोशी ५, शितल उपभोक्ता सहकारी संस्था (साबिक लिस्ती ६) हाल भोटेकोशी १ रहेको छ ।
यस्तै लिस्तिमाइ बचत तथा ऋण सहकारी संस्था (साबिक तातोपानी ३) हाल भोटेकोशी २, थानसिङ् कृषि सहकारी संस्था (साविक फुल्पिट्टी ७) हाल भोटेकोशी ४, सिन्धु पर्यटन सहकारी संस्था (साबिक तातोपानी ४) हाल भोटेकोशी २, जागृति मात्रीशिशु बचत तथा ऋण सहकारी संस्था (साबिक तातोपानी ५) हाल भोटेकोशी २ र गोर्खा नेपाल बचत तथा ऋण सहकारी संस्था (साबिक तातोपानी ३) हाल भोटेकोशी २ रहेको छ ।