भ्रष्टाचार मुद्दामा दोषी ठहरपछि फरार रहेका नेपाल बैंकका पूर्व-उपप्रबन्धक श्रेष्ठ पक्राउ



काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फरार रहेका नेपाल बैंक लिमिटेडका पूर्व-उपप्रबन्धक शशिकीरण श्रेष्ठ पक्राउ परेका छन् ।

बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्ने क्रममा ३९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएको १३ वर्षपछि श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई १ वर्षको जेल सजाय तोकिएको छ । शुक्रबार दिउँसो श्रेष्ठलाई प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो । विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहितका व्यक्तिहरुलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतको उक्त फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलाशले सदर गरिदिएको थियो । श्रेष्ठ भने दोषी ठहर भएपछि १३ वर्षदेखि फरार थिए ।


क्लिकमान्डु