एनपीएल : कप्तान मल्लको अर्धशतकमा चितवनद्वारा जनकपुरलाई १८१ रनको लक्ष्य



काठमाडौं । कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

चितवनका लागि कप्तान मल्लले ७२ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे । चितवनका लागि रवी बोपराले ४४ रन बनाए ।

जनकपुरका लागि बलिङमा ललितनारायण राजवंशीले २ विकेट लिए । त्यस्तै जिम्मी निशम, हर्श ठाकेर र मोहम्द मोसिनले १–१ विकेट लिए ।

आजको खेलमा जित निकाल्दै जनकपुर क्वालिफयरमा पुग्ने योजनामा छ । जनकपुर प्रतियोगितामा ६ खेल खैल्दै १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यता चितवनलाई प्लअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । चितवन ६ खेलबाट ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । आजको खेलमा पराजित भएमा चितवनले अन्य टिमको अंकमा भर पर्नु पर्नेछ । चितवनले जित निकालेमा विराटनगर र पोखरा उपाधि होडबाट बाहिरिनेछन् ।


क्लिकमान्डु