प्रधानमन्त्रीको प्रश्न: चीनबाट हामीले पाएको ऋण होइन, ऋण… ऋणको सारङ्गी किन बजिरहेको छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतको परियोजनाहरु ऋण अन्तगर्त नभएको पुनः प्रस्ट्याएका छन्।
चीनको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले चीनबाट बीआरआईका रुपमा प्राप्त सहयोग ऋण नभएको र यस विषयमा धेरै पल्ट जिकिर गरेको बताएका हुन् ।
‘यो ऋण होइन, यस विषयमा धेरै पल्ट भनेका छौं, दोहो¥याउन नपरोस् भन्ने मेरा आग्रह छ,’ उनले भने, ‘ऋणसम्बन्धि कुरा चलेको छैन । सधैं ऋण ऋण नामको सारंगी किन बजेको छ ? होइन र छैन भनेर पटकपटक भनेका छौं ।’
उनले चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गत विभिन्न परियोजनाको कुरा गरेको बताए र हरेक परियोजनामा छुट्टै छलफल गर्ने तथा ती परियोजना कसरी कार्यान्वयन गर्ने विषयमा कुरा गर्ने दाबी गरे ।
चीन भ्रमण कस्तो रह्यो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘बहुत राम्रो कुरा भयो, नेपाल चीन मित्रताको विषयमा कुरा भयो । मित्रतालाई अझ प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता कसैका विरुद्धमा होइन, हाम्रो पक्षमा मात्र हो भन्ने कुरा भयो ।’
त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुग्ने कुरा भएको दाबी उनले भने ।