एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेल लाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो।
ब्राण्ड लजिकले यसअघि, एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंक लाई अनुबन्ध गरिसकिएको छ। प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान मा सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रशारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्क सँग प्रशारण सम्झौता गरिएको छ।