१ अर्ब २७ करोडमा १० तलाको लक्जरी अपार्टमेन्ट: अफरसहित बुकिङ खुला, ३ बीएचकेसम्मका यस्ता छन् युनिट
काठमाडौं । अपी पावरको सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले ललितपुरको झम्सिखेलमा लक्जरी अपार्टमेन्ट निर्माण परियोजनाको शिलान्यास गरेको छ । १ अर्ब २७ करोड रुपैयाँ लगानीमा यो अपार्टमेन्ट निर्माण गर्नका लागि सोमबार शिलान्यास गरिकएको छ ।
सस्तो मूल्य र बुकिङ अफर
३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहनेछन् । १० तलाको अपार्टमेन्टमा । २ तलामा पार्किङ हुनेछ । ५६ गाडी अटाउनेछ । ठूलो संख्यामा बाइक/स्कुटर पार्किङ गर्न सकिनेछ ।
कम्पनीले बुकिङ खुला गरिसकेको छ, जहाँ हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। ‘झम्सिखेल जस्तो क्षेत्रमै यस्तो सुविधा सम्पन्न अपार्टमेन्ट पाउनु अबको दुर्लभ अवसर हो। लक्जरी जीवनका लागि यो उपयुक्त विकल्प हो,’ उनले भनिन् ।
यस्तो छ विशेषता
यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यहाँ उपलब्ध प्रमुख सुविधाहरूमा:
साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर।
कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर।
मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप।
प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन।
आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू
१ बीएचके युनिट
युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
२ बीएचके युनिटहरू
युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)।
युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।
युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी)।
३ बीएचके युनिटहरू
युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी)।
युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।