बुटवल पावर कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्यो, कति छ प्रतिसेयर आम्दानी ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीबाट २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्ष सोही अवधिमा २१ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी करिब १५ लाख रुपैयाँले घटेको हो ।
विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा पनि घटेको छ । आवको पहिलो तीन महिनामा ६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यहि अवधिमा ७ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको उत्पादन र वितरण खर्च दुवै बढेको छ ।
बुटवल पावर कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६ पैसाले घटेर ७ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । कम्पनीको नेटवर्थ २०८ रुपैयाँ ५० पैसा छ ।
मूल्य आम्दानी अनुपात २४५.८८ पुगेको छ ।