‘पर्यटनद्वारा संसारलाई चिनाउने अनि देशमै कमाउने वातावरण बन्न सक्छ’
नेपाल प्रकृतिले भरपूर बरदान दिएको र विश्वमा नै संस्कृतिको धनि देशहरुमध्येको एक देश हो । हिमालदेखि तराईसम्म बहुभाषा, बहुधर्म, बहुसंस्कृतिले भरपूर देश भएर पनि हामिले पर्यटकहरुलाई आकर्षित गर्न चुकिरहेका छौं । पर्यटनको प्रवद्र्धनले देश समृद्धि बन्न सक्ने कुरामा सबैको समान धारणा रहेता पनि पर्यटन प्रवद्र्धनको लागि उचित प्रचार प्रसार, पर्यटन पूर्वाधारको विकास, सुरक्षा जस्ता कुराहरुमा ध्यान दिए पर्यटन क्षेत्रले काँचुली फेर्न सक्छ ।
२०२३ मा फ्रान्सले १०० मिलियन पर्यटकहरु भित्रयाएर सबैभन्दा बढि पर्यटक भित्र्याउने देशहरुमा अग्रणी स्थानमा रहन सफल भएको थियो भने स्पेनले ८५.२ मिलियन, अमेरिकाले ६६.५ मिलियन, ईटलीले ५७.२ मिलियन, बेलायतले ३७.२ मिलयन, जर्मनीले ३४.८ मिलियन, थाईल्याण्डले २८.१५ मिलियन, जापानले २५.०७ मिलियन, भारतले ९.२ मिलियन, श्रीलंकाले १.४९ मिलियन पर्यटकहरु भित्र्याएको थियो ।
२०२३ मा नेपालले १० लाख १४ हजार ८७६ पर्यटक भित्र्याउन सफल भएको थियो जुन २०१९ पछिको सबैभन्दा बढी संख्या थियो र यसले बिश्वब्यापि कोरोना महामारीपछि थलिएको पर्यटन उद्योगमा आशा पैदा गरेको थियो । गत वर्षमात्रै नेपाल सरकारले पनि पर्यटनलाई प्राथमिकतामा राख्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । नेपालले हालसम्म सबैभन्दा बढी २०१९ मा ११,९७,१९१ पर्यटक भित्र्याएको थियो ।
सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिँदै पर्यटन प्रवद्र्धनको कार्यक्रमहरु सञ्चान गर्ने, नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्ने, धार्मिक पर्यटनको साथै प्याराग्लाईडिङ्ग, प्यारासुट, स्काई डाईभिङ्ग, अल्ट्रालाईट जस्ता विभिन्न खालका मनोरञ्जन तथा सहासिक पर्यटनहरुको प्रवद्र्धनको लागि पर्यटन लक्षित रोड शो, मेला, महोत्सव कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
सरकारले पोखरालाई पर्यटनको राजधानी नै घोषणा गरिसकेको र नेपालको भौगोलिक विविधताको हिसाबले सातवटै प्रदेशहरुलाई फरक फरक खालका पर्यटनको गन्तब्य बनाउन सकिने सम्भावान रहेको छ। कोशी प्रदेशलाई साहासिक पर्यटन, मधेश प्रदेशलाई धार्मिक तथा संस्कृतिक पर्यटन, बाग्मती प्रदेशलाईको चितवनमा जंगल सफारी र बन्यजन्तु पर्यटनको साथै काठमाण्डौं उपत्यकालाई सबै खाले पर्यटन गन्तब्य, लुम्बिनी प्रदेशलाई धार्मिक तथा योग पर्यटन, लगायत कर्णाली तथा सुदुर पश्चिममा ग्रमिण पर्यटन, बन्यजन्तु पर्यटन आदीको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।
पर्यटनको विकास गर्नुपर्छ यसमा कसैको पनि असहमति नहोला तर कसरी गर्नुपर्छ भन्ने कुरा चाहीँ एकदमै महत्वपूर्ण छ । कसैलै पर्यटनलाई जुरुक्कै माथि उठाउने कार्ययोजना आवश्यक छ भन्छन् त कसैले ब्यवसायिको साख उँचो पार्ने पर्यटन बोर्डको आवश्यक्ता महसुश गर्छन् । बस्तवमा पर्यटनको विकासको लागि सबैभन्दा महत्वपुर्ण कुरा मानिसहरु किन घुम्न आउँछन्, उनीहरुलाई घुम्नको लागि के कस्ता कुराहरुले प्रभाव पार्छ भन्ने कुरा बुझ्नु आवश्यक रहन्छ ।
एउटा अध्ययन अनुसार मानिसहरुलाई घुम्न जानको लागि प्रभाव पार्ने २ प्रकारका कारक तत्वहरु हुन्छ्न् पहिलो दबाव दिने कारक तत्व, दोस्रो आकर्षण गर्ने कारक कारक तत्व ।
१. दवाव दिने कारक तत्वहरुः यसमा मानिसहरुको विश्राम गर्ने चाहाना, आफूलाई सुधार्न, ब्यक्तिगत सम्बन्ध बढाउन, आफ्नो प्रतिष्ठा बढाउन, आफ्नो ज्ञान बढाउनको लागि, कामको दैनिकिबाट छुटकारा पाउनको लागि, काम र आरामको दैनिकि पालना गर्न, आध्यात्मकको लागि, ठांउहरुको अवलोकन गर्नको लागि, बिविद्यता÷फरक प्राप्त गर्न, अनुभव गर्नको लागि घुम्न जाने जस्ता तत्वहरु पर्दछन् ।
२. आकर्षण गर्ने कारक कारक तत्वहरुः यसमा मानिसहरुको साहासिक यात्रा, कार्यक्रमहरुमा उपस्थिति हुने, सहज पहुँच तथा सस्तो, ईतिहाँस तथा संस्कृति बुझ्ने, बिविद्यता खोज्ने, प्राकृतिक श्रोतहरुको अवलोकन गर्ने जस्ता कारक तत्वहरु पर्दछन् ।
पर्यटन ब्यवसायमा सानादेखि ठुला उद्यमी ब्यापारी सबै संलग्न हुनसक्छन् किनभने यो ब्यवसायको लागि चाहिने आवश्यक कच्चा पदार्थ नदिनाला, पहाड, झरना, जंगल, ताल, हिमाल हाम्रै देशमा उपलब्ध छन् त्यसैले होम स्टेदेखि लिएर ठुला पाँचतारे होटल देखि लिएर साहासिक पर्यटन ब्यवसायीहरु यसमा संलग्न हुनसक्छन् तर, भूगोलले यति धेरे चिजहरु दिएको भएतापनि अझै पनि हामिहरु पर्यटनको नाममा सगरमाथा, अन्नपूर्ण, फेवाताल, सौराहा, लुम्बिनी जस्ता केहि सिमित गन्तब्य र क्षेत्रमा नै रमाईरहेका छौं । तर, अब भने नयाँ गन्तब्यका लागि सातै प्रदेशका सम्भावित क्षेत्रलाई प्रवद्र्धन गर्नु ढिलाई गर्नुहुँदैन ।
मानिसहरु गएर आईफल टावर हेर्नको लागि फ्रान्स जान्छन् । तर, नेपालका डाँडाकाँडाहरु नै प्राकृतिक टावरहरु हुन् जसलाई केहि ब्यवस्थित बनाएर ठाउँठउँका पर्यटकहरुलाई लोभ्याउन सकिने प्रचुर सम्भावनाहरु छन् त्यसैगरी रोयल बोटानिक गार्डन हेर्नको लागि अष्ट्रेलियाको भिक्टोरिया वा सिड्नीका लाखौं मानिसहरु जान्छन् र नेपाललाई प्रकृतिले नै यस्ता खालका गार्डेनहरु दिएकोले अलिकति पूर्वाधारमा खर्च गरेर यस्ता खालका परियोजना बनाउनमा ध्यान दियो भने यसबाट पनि धेरै नै पर्यटकहरुलाई आकर्षित गर्न सकिने सम्भावना छ ।
थाईल्याण्डले त्यहाँको मनमोहक समुद्री तटहरु, समृद्ध सांस्कृतिक सम्पदा, स्वादिष्ट ब्यञ्जन, सहज र सस्तो प्याकेट तथा उत्कृष्ट ग्राहक सेवा जस्ता कुराहरुको प्रवद्र्धन गरेर पछिल्लो समय धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सफल भएको देखिन्छ । नेपालमा समुन्द्र बाहेक थाईल्याण्डसँग भएका सबै चिजहरु उपलब्ध छन् भने समुन्द्रको विकल्पमा हाम्रा नदिनाला तथा तालहरुबाट पर्यटकहरुलाई आर्कषित गर्ने बिकल्प अघि सार्न सकिन्छ ।
भियतनामले पनि म्युजियम, समुद्री तट, सांस्कृतिक सम्पदा, युद्ध क्षेत्र पर्यटन तथा ग्रामिण पर्यटनको माध्यममबाट पछिल्लो समय पर्यटकहरुलाई आकर्षित गरिरहेको छ भने नेपालमा पनि भियतनामको जस्तै मोडलमा पर्यटकहरु आकर्षित गर्न सक्ने प्रचुर सम्भावना देखिन्छ । जसरी भियतनाम युद्धका क्षेत्रहरुलाई युद्ध पर्यटनको रुपमा विकास गरिएको छ त्यसरी नै नेपालले विभिन्न समयमा भएका युद्ध स्थलहरुलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र म्युजियमको स्थापना गरेमा पर्यटन विकासमा कोसेढुङ्गा सावित हुने सम्भावना छ ।
भारतको दिल्लीस्थित अक्षरधाम मन्दिरले मात्रै लाखौंको पर्यटकहरु आकर्षित गरिरहेको छ । अहिले दिल्लि भ्रणमण् गर्नेहरुमध्ये करिब ७० प्रतिशत पर्यटकहरुले यो मन्दिर दर्शन गर्न जाने गरेको पाईएको छ । यो मन्दिर बाहेक दिल्लीले बिरला मन्दिर, लोटस मन्दिरमार्फत ठुलो संख्यामा पर्यटकहरु आकर्षण गरिरहेको छ भने भारतमा विभिन्न चिडियाखानाहरुले पर्यटक तान्नु मुख्य भूमिका निर्वाह गरिरहेको छ । नेपाल पनि मन्दिरहरुको देश, बनजंगलको धनी भएकोले धार्मिक पर्यटन तथा वन्यजन्तु पर्यटनको माध्ययमले पर्यटक आकर्षण गर्नको लागि ध्यान दिनु जरुरी देखिन्छ ।
पछिल्लो समय नेपालबाट विदेश घुम्न जानेहरुको संख्या बढ्दै गएको पाईन्छ । बिशेषगरी थाईल्याण्ड, मलेशिया, सिङ्गापूर, भियतनाम, ईण्डोनेशिया, श्रीलंका, दुबई, मालद्धिभ्स तथा भारत जस्ता एशियाली देशहरु तथा यूरोप अमेरिका घुम्न जानेहरुको संख्या बढेको र यसको साथै नेपालमै पनि आन्तरिक पर्यटन बढेको आँकडा यो क्षेत्रको लागि खुसीको कुरा हो । २०२३ मा १६ लाख नेपालीहरुले विदेशको यात्रा गरेको देखिन्छ जसमध्ये ८ लाख ८ हजार ४०५ वैदेशिक रोजगारीको लागि २ लाख ४ हजार ५१८ घुम्नका लागि १ लाख ८ हजार ५४२ तिर्थयात्रा र बाँकी उच्च शिक्षाको लागि गएका देखिन्छन् ।
अहिले कुल ग्राहस्थ उत्पादनको करिब ६.७ प्रतिशतमात्रै योगदान गरेको यस क्षेत्रबाट २५ प्रतिशतभन्दा माथि पुर्याउनको लागि सरकारले विभिन्न कार्यक्रमहरु अघि सारेको र यसको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना समेत अघि सारेको सन्दर्भमा सरकारले बिभिन्न देशहरुसँग राम्रो कुटनिति सम्बन्ध बनाउनुपर्छ किनभने कुटनीति सम्बन्ध राम्रा नभएका देशहरुमा मानिसहरु घुम्न जाँदैनन् त्यसैले अबका दिनहरुमा राम्रो कुटनिति सम्बन्ध बनाएर यसको राम्रोसँग प्रवद्र्धन गरेर यसमार्फत देशको आर्थिक समृद्धिको बाटोमा डोर्याउनको लागि ढिलाई गर्नुहुँदैन । प्रर्यटनद्धारा देशलाई संसारकै सामु चिनाउने, र बिदेशिएका नेपालीहरुलाई देशमै कमाउने बातावरण बन्न सक्छ । लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।